साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्।
तर कतारको अर्थतन्त्र र त्यहाँ व्यापार गरिरहेका मानिसका लागि त्यसले के अर्थ राख्छ?
२७ लाखमात्रै जनसंख्या भएको अरेबियन प्रायद्वीपको उत्तरपूर्वी तटको यो सानो मुलुकले उसको क्षमताभन्दा बढी ठानिएको काम गरिरहेको बताइन्छ।
मानिसहरुलाई यसबारे जानकारी छ, जस्तै—उसको राष्ट्रिय ध्वजावाहक कतार एयरवेज, उसको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिरा र खेलकुद त्यसका दृष्टान्त हुन्।
खेलकुद क्षेत्रको कुरा गर्दा उसले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने प्रतिस्पर्धा जित्यो र संसारकै सबैभन्दा प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको उ पूर्व प्रायोजक पनि हो।
गगनचुम्बी भवनहरु भएको शहर दोहा जस्तो राजधानीसँगै कतारले विभिन्न बहुराष्ट्रिय कम्पनीलाई त्यहाँ कार्यालय खोल्न आकर्षित गरेको छ।
त्यसैले पछिल्लो घटनाक्रमले कतारसँग जोडिएका धेरै विषयको भविष्य गाँसिएका छन् भन्ने देखाउँछ।
१. उडान
अबुधाबीको एतिहाद एयरवेज र दुबईको एमिरेट्स सबैले दोहा आउजाउ गर्ने उडानहरु मंगलबार बिहानदेखि रद्द गरेका छन्।
सस्तो वायुसेवाका रुपमा परिचित फ्लाइ दुबईले आफ्नो उडान रद्द गर्दैछ।
बहराइनको गल्फ एयर र इजिप्ट एयरले पनि त्यसै गर्ने अनुमान गरिएको छ।
सबैभन्दा घाटा कतार एयरलाई हुने जस्तो देखिन्छ।
दुबाई, अबुधाबी, रियाध र कायरो जस्ता स्थानमा उसले गर्ने उडानहरु रोकिनेछन्।
उसले प्रत्येक दिन ती स्थानमा दर्जनौं उडानहरु गर्थ्यो।
उसले साउदी अरेबियामा हुने गरेको उडान बन्द गरेको जनाइसकेको छ।
ठूलो हवाई क्षेत्र प्रयोग गर्न नपाउने भएपछि मार्ग बदल्नुपर्नेछ र केही उडानहरुका लागि थप समय लाग्नेछ।
त्यसले इन्धनको खर्च पनि बढ्नेछ, जसले यात्रुहरुलाई हैरान पार्न सक्छ।

२. खाना
मरुभूमिमा अवस्थित देशहरु स्वाभाविक रुपमा खानेकुरा उत्पादन गर्न संघर्षरत छन्।
साउदी अरेबियासँग जोडिएको सीमाना कतार प्रवेश गर्ने एकमात्र स्थल मार्ग हो जहाँबाट कतारको ४० प्रतिशत खाना आउँछ।
साउदी अरेबियाले उक्त सीमा नाका बन्द गर्ने बताएको छ।
त्यसको अर्थ कतारले समुद्री र हवाइ मार्गमा भर पर्नुपर्नेछ।
परामर्शदाता कम्पनी कर्नरस्टोन ग्लोबलका निर्देशक घानेम नुसेइबे भन्छन्, “यसका कारण महंगी हुनेछ र कतारी जनतालाई त्यसले प्रत्यक्ष असर पार्नेछ”।
“यदि महंगी धेरैनै बढ्न थाल्यो भने सत्तासीन परिवारमाथि दिशा परिवर्तन गर्न वा नेतृत्व बदल्न दबाब पर्न सक्छ।”
३. निर्माण कार्य
नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रो योजना र सन् २०२२ को विश्वकप फुटबलका लागि आठवटा स्टेडियम अहिले कतारमा जारी प्रमुख निर्माण कार्यमध्ये केही हुन्।
साउदी अरेबियाबाट सडकमार्ग हुँदै ती कार्यका लागि निर्माण सामाग्री आउँछन्।
त्यो मार्ग बन्द भएपछि खाना जस्तै निर्माण सामाग्रीको पनि भाउ बढ्नेछ र काम निर्धारित समयमा सम्पन्न नहुन सक्छ।
सामग्री अभाव कतारको निर्माण क्षेत्रको समस्याका रुपमा पहिले देखि नै रहँदै आएकोमा पछिल्लो घटनाले समस्या थप चर्काउनेछ।
तस्वीर कपीराइटREUTERS४.जनस्तरको सम्बन्ध
सम्बन्ध विच्छेद गर्ने निर्णयको अर्थ साउदी अरेबिया, युएई र बहराइनका नागरिकहरु कतार जान पाउने छैनन्।
त्यहाँ रहेका मानिसहरुलाई १४ दिनभित्र देश छाड्न भनिएको छ।
साथै साउदी अरेबिया, युएई र बहराइनमा भएका कतारीका लागि पनि बाहिरिन त्यति नै समय उपलब्ध हुनेछ।
यदि इजिप्टले पनि त्यस्तै प्रतिबन्ध लगाएमा समस्या थप जटिल हुनेछ।
इजिप्टका करिब १ लाख ८० हजार मानिस कतारमा इन्जिनियरिङ, स्वास्थ्य र कानून क्षेत्रका साथै निर्माण क्षेत्रमा संलग्न छन्।
५. व्यापार
पछिल्लो घटनासँगै विभिन्न व्यापार सम्झौताहरु धराशायी हुन थालेका छन्।
खुद्रा व्यापार लगायतका क्षेत्रमा खाडीका धेरै कम्पनीहरुको कतारमा उपस्थिति छ।
ती स्टोरहरु अस्थायी रुपमै भएपनि बन्द हुने ठानिएको छ।
एउटा प्रमुख साउदी फुटबल टोलीले कतार एयरवेजसँगको प्रायोजन सम्झौता समेत रद्द गरेको छ।
Source : BBC nepali sewa
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




