छविराज ओझा नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता हुन् । ०४६ मा चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरेयता उनले थुपै्र कलाकारलाई चलचित्रमा डेब्यु गराए । उनले नै डेब्यु गराएका राजेश हमाल, रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाए ।
‘हिरो’ चलचित्रबाट आफैँले डेब्यु गराएकी नायिका रेखा थापासँग उनले तेस्रो बिहे गरे । तर, १५ वर्षमै उनीहरूले सम्बन्धविच्छेद गरे । १९ वर्षकै उमेरमा पहिलो विवाह गरेका छविको वैवाहिक जीवन सफल देखिँदैन । पहिलो विवाह १० वर्षमै टुंंगियो ।
त्यसपछि उनले नायिका गीताञ्जलीसँग दोस्रो विवाह गरे । गीताञ्जलीसँगको सम्बन्ध पनि दिगो बनेन । उनले आत्महत्या गरेर संसारबाट बिदा भइन् ।
पछिल्लो समय छवि आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो विवाह गर्ने तयारीमा छन् । शिल्पालाई पनि उनले नै चलचित्र ‘लज्जा’बाट डेब्यु गराएका हुन् ।
त्यतिवेलैदेखि उनीहरूको अफेयरको हल्ला चल्न थालेको हो । ‘लज्जा’ रिलिज हुने समयमा पनि शिल्पा आफैँले पनि विवाहको हल्ला चलाइन् । अहिले पनि छविले निर्माण गरेको र शिल्पाले अभिनय गरेको चलचित्र ‘मंगलम्’ प्रदर्शनको तयारीमा छ ।
त्यसकारण योपटक पनि उनीहरूले चलचित्र प्रमोसनका लागि स्टन्ट गरेको धेरैको अनुमान छ । तर, उनीहरू साँच्चिकै बिहे गर्ने पक्का भएको बताउँछन् । ‘त्यतिखेर हामीले जानीजानी झुटो हल्ला चलाएका थियौँ, तर अहिले बिहे गर्ने छिनोफानो भइसक्यो’, शिल्पाले भनिन्,‘छविजीले मेरो बुवाआमासँग भेटेर कुरा गरिसक्नुभयो ।
परिवारको सहमतिमा बिहे गर्दै छौँ ।’ गतवर्ष नै आफूहरू विवाह गर्न लागेको, तर ज्योतिषीले नगर्न सल्लाह दिएका कारण रोकिएको उनले बताइन् ।
छविजीको ज्यान बूढो मन पूरै तन्नेरी (शिल्पा पोख्रेल, अभिनेत्री)
मेरो जन्म विराटनगरमा भएको हो । १५ वर्षसम्म त्यहाँ बसेँ । एसएलसी उत्तीर्ण भएपछि ब्युटिसियनको तालिम लिएर ब्युटिसियन बन्ने उद्देश्यले काठमाडौं आएँ । मेरी ममीलाई एकजनाले बहिनी बनाउनुभएको थियो ।
उहाँलाई मामा भन्थेँ । उहाँ चलचित्र क्षेत्रको हुनुहुन्थ्यो । उहाँले मलाई ‘घरबेटी बा’ चलचित्रमा अभिनय गछ्र्यौ भन्नुभयो । तर, त्यतिवला मलाई कोरियोग्राफर बन्ने इच्छा थियो । ब्युटिसियनका साथै राम्रोसँग नृत्य सिक्छु, त्यसपछि कोरियोग्राफर बन्छु भन्ने सोचेकी थिएँ । तर, कहाँ जाने, यो क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने माध्यम नै थाहा थिएन ।
यही वेलामा ‘घरबेटी बा’को कुरा आयो । मेरो पहिलो खुड्किलो यही नै हुन्छ होला भन्ने सोचेँ र फिल्म खेल्ने निधो गरेँ । त्यसैवेला मलाई पूर्ण राईको हल्काहल्का भन्ने गीतमा मुजुरा नृत्य गर्नुपर्ने थियो । म नृत्यमा निकै रुचि राख्ने मान्छे । त्यसैले नृत्यका लागि सहमति जनाएँ ।
त्यहाँबाट मैले म्युजिक भिडियोमा अभिनय सुरु गरेको, हालसम्म एक सय ५० म्युजिक भिडियोमा अभिनय गरिसकेँछु । यसरी अभिनयमा लागेपछि यसको भूत चढ्यो । ब्युटिसियन र कोरियोग्राफर बन्ने सपना तुहियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




