मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दिक्षित एकताका गहिरो प्रेममा थिए । ९० को दशकमा उनीहरुको प्रेमकथा गल्लि-गल्लिमा सुनिन थालेको थियो ।
यासीर अहमदले सञ्जय दत्तमाथी लेखेको पुस्तक ‘सञ्जय दत्तः द क्रेजी अनटोल्ड लभ स्टोरी अफ बलिउड ब्याड ब्वाई’ मा सञ्जय र माधुरीको अफेयर रहेको दावी गरिएको छ ।
पुस्तकमा उल्लेख भएअनुसार सञ्जय दत्तकी श्रीमती ऋचाले न्युयोर्कमा भएको बेला श्रीमानको अफेयरबारे चाल पाएकी थिइन् । उनी त्यतिवेला न्युयोर्कमा क्यान्सरको उपचार गर्दै थिइन् । श्रीमानको अफेयर सुनेर बेचैन भएकी ऋचा भारत आएर आफ्नो सम्बन्धलाई बचाउन चाहन्थिन् ।
सन् १९९२ मा ऋचा आफ्नी छोरी त्रिशालालाई लिएर मुम्बई आइन् । उनको रोग केही मात्रामा ठिक भएको थियो । सञ्जय यतिसम्म निर्दयी भएका थिए कि बिरामी श्रीमतीलाई एयरपोर्टसम्म लिन समेत गएनन् ।
मुम्बईमा १५ दिन बिताएकी ऋचा पुनः अमेरिका गइन् । ऋचा श्रीमानसँग सुमधुर सम्बन्ध कायम गर्ने पक्षमा थिइन् । जब सञ्जय दत्तले सम्बन्धविच्छेदका लागि आग्रह गरे, सञ्जयको ब्यापक आलोचना भयो ।
ऋचाको क्यान्सरको कारण मृत्यु भयो । पछि सञ्जय दत्त गैरकानूनी हतियार राखेको मामलामा गिरफ्तार भएपछि माधुरी दिक्षित पनि उनीसँग टाढिइन् । माधुरीका परिवार पहिल्यैदेखि माधुरी र सञ्जयको सम्बन्धप्रति खुसी थिएनन्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




