बिबाहको मौसम छ । सायद बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन् । पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् । अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ ।

उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोलमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ ।

विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् । प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ । फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ ।

वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ । प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन ।

आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन । सायद यो गुरुमन्त्र युवा पिडिलाई खुबै काम लाग्न सक्छ । हेरौ उनका केही म्यारिज लुक्स
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




