काठमाडौँ । चर्चित गायक युवराज चौलागाँईको नयाँ गीत सार्वजनिक भएको छ ।

कोभिड-१९ को महामारीले विश्व नै त्रस्त भईरहेको बेलामा, कोभिड-१९ संग सबै मिलेर सामना गरौँ र यो संकटबाट देशलाई बचाऔँ भन्ने भावको समसामयिक गीत ‘संसार रोएको छ’उनको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा कौशिला खनाल कर्मचार्यको शब्द तथा गायक युवराज चौलागाईको संगित र स्वर रहेको छ । सैलेन्द्रमान प्रधानको संगित संयोजन तथा लोकेश बज्रचार्यको निर्देशनमा संजय पौडेलको क्यामेरामा गायक चौलागाई तथा अन्य विभिन्न समसामयिक दृश्यहरु समेटिएको म्युजिक भिडियोले दर्शकहरुमा यतिखेरको वास्तविकता बोध गराउँदछ ।
भिडियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार