काठमाडौं। नायिका आँचल शर्मा बोल्न सिपालु अभिनेत्रीमा पर्दछिन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् ।
अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो । जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएकी छन् ।
कार्यक्रममा आँचललाई सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ ? भनेर तस्बिर देखाएर प्रश्न राखिएको थियो । जसमा उनले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् । सञ्चालकले बोलचाल हुन्छ भन्दा भनेर फेरि प्रश्न राख्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमानको पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् ।
उदीप श्रेष्ठ आँचलका श्रीमान् हुन् । उनी सिपोराको प्रेममा समेत थिए भन्ने कुरो हालसम्म मिडियामा नआएको बिषय हो । तर, आँचलले भने मिडियाको कार्यक्रम मार्फत सबै कुरो खोलिन् । यो कुरोमा उदीपलाई आपत्ति नहोला । सिपोराले आपत्ति जनाउँछिन् वा जनाउँदिनन्, त्यो उनको बिषय हो । तर सिपोराको व्यक्तिगत बिषय उनले मिडिया मार्फत खुलासा गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




