
चितवन– डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् ।
उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उनले बताए । चालु आवमा एक हजार १०५ जनाको डेंगु परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण भेटिएको थियो । यस्तै स्क्रब टाइफस ३७१ जनामा संक्रमण भेटिएको केसीले जानकारी दिए । एक हजार ६७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको उनले बताए ।
योसँगै चालु आवमा विभिन्न रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेका छन् । स्क्रब टाइफसबाट साउनमा एक जना भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको थियो । चिकनगुनियाका कारण भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै हुने भएकाले लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




