मोगादिसु / एजेन्सी– सोमालियाको मोगादिसुमा शुक्रबार भएका बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् ।
शुक्रबार राजधानी मोगादिसुमा दुईवटा विस्फोट भएका थिए । त्यसमध्ये एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको थियो ।
विस्फोट भएका स्थानबाट १८ वटा शव संकलन गरिएको छ । सोमालियाको सुरक्षा फौजले राष्ट्रपति कार्यालयमा गर्न लागेको विस्फोटनलाई असफल पारेको अधिकारीले बताएका छन् ।पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुका ६ बजे भएको थियो भने दोस्रो विस्फोट त्यसको केही समयपछि सोमालियाको भिल्ला भन्ने स्थानमा भएको थियो ।
तालिवानी समूहको आक्रमणमा २५ सैनिकको मृत्यु
यसैगरी तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तीमा २५ जना अफगानी सेनाको मृत्यु भएको छ ।
तालिवानी समूहको सयौंको संख्यामा आएका सशस्त्र लडाकुले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासि आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको लडाइँमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताए ।
सो झडपमा विद्रोहतर्फ पनि क्षति भएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकाले एकीन संख्या थाहा हुन नसकेको उनले सिन्ह्वा न्युज एजेन्सीलाई बताए । घटनास्थलमा थप आक्रमण हुन सक्ने सम्भावना नभए पनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ ।
यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म पाउन सकिएको छैन । यता राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा चाहिँ कम्तीमा तीन सुरक्षाकर्मीको ज्यान गएको छ । घटना काबुलको कूटनीतिक क्षेत्रमा भएको थियो ।
त्यस्तै, हेलमन्द प्रान्तमा भएको अर्को आक्रमणमा दुई जना सुरक्षाकर्मी मारिएका छन् । एक जना लडाकुले विस्फोटक पदार्थले भरिएको सवारीसाधन एउटा सुरक्षा जाँचचौकीमा लगेर ठोक्काएको थियो ।
सोही प्रान्तमा अर्को आक्रमणसमेत भएको बताइएको छ । तर यो समाचार तयार पार्दासम्म एकीन विवरण आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




