काठमाडौँ १४ चैत । ‘म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्’, टोेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भन । प्रमुख अधिकारीले राम्रो कामको शुरुवात आफँैबाट गर्नुपर्ने भन्दै धुम्रपान छाड्ने प्रतिबद्धता गर्दै नगरवासीलाई पनि छाड्न आग्रह गरे ।
मुटु, क्यान्सरजस्ता कडा रोगको जोखिमबाट बच्न सबैभन्दा पहिले धुम्रपान त्याग्नुपर्ने उनको भनाइ छ । नगरवासीलाई धुम्रपानका कारण हुने मुटु र क्यान्सरबारे जानकारी दिन आज टोखा नगरपालिका र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा टोखामा भएको जनचेतना कार्यक्रममा मुटु र क्यान्सर रोगबारे विशेषज्ञ चिकित्सकले जानकारी गराएका थिए ।
जनचेतना कार्यक्रममा टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी निर्देशक महेश ढकालले सुर्तिजन्य पर्दाथ छोड्ने व्यक्तिलाई बैैंकमा खाता खोल्दा अरुलाई दिँदैआएको भन्दा एक प्रतिशत थप व्याज दिने घोषणा गरे ।
मनमोहन कार्डियोभास्कुरा सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराईले नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको बताउनुभयो । उनले भने, ‘हामीकहाँ दिनप्रतिदिन मुटुका बिरामी बढिरहेका छन् तर सोहीअनुसार मुटुरोग उपचार गर्ने सेन्टर अभाव छ, हामीलाई कम्तिमा पनि ३५ वटा मुटुरोग उपचार गर्ने सेन्टर आवश्यक छ तर २ वटा मात्रले मात्र काम चलाउनुपरेको स्थिति छ, विशेषज्ञ चिकित्सकको पनि अभाव छ ।’
डा भट्टाराईले मुटुका ९५ प्रतिशत रोगको उपचार नेपालमै सम्भव भएकाले विदेश गई उपचार गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए । वीर अस्पतालका क्यान्सर रोग विशषज्ञ प्रा डा विष्णुदत्त पौडेलले धेरै क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्ने बताए ।
क्यान्सरबारे पर्याप्त जानकारी नहुदाँ उपचारबाट निको हुने रोग पनि मृत्युमा फेरिने बताए । उनले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख भएकोले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताए । नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छातीको, जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ । सरकारीस्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादनमै कमी, जथाभाबी बिक्रीवितरणमै नियन्त्रण गर्न उहाँले आग्रह गर्नुभयो । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमति जाँच, मद्यपान नियन्त्रण गर्न सकेमा क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।
सुर्तीजन्य पदार्थ्विरुद्ध अभियान सञ्चालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले ८० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पर्दाथको प्रयोग भएको बताए । उनले भने, ‘नेपालमा प्रत्येक दिन ४२ जनाको मत्यु क्यान्सरले हुन्छ भने २५ हजार नयाँ क्यान्सर रोगी बर्षेनी थपिन्छन् । त्यसैले सुर्तीजन्य पर्दाथको प्रयोगलाई निरुत्साहित गर्नु आवश्यक छ ।’
उनले सूर्तिजन्य पदार्थ विरुद्धको ऐन, २०६८ प्रभावकारी कार्यान्वनमा सरकारी संयन्त्रले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




