एजेन्सी । सुरुमा नाक चिलाउने र पछि नाकबाट रगत नै बग्न थालेको समस्या लिएर अस्पताल पुगेका एक वृद्धको नाकले डाक्टरहरुलाई समेत झसँग बनायो ।
ब्राजिलको साओपाओलोस्थित क्लिनिक्स अस्पतालमा उपचारको लागि पुगेका ६५ वर्षका ती वृद्धको नाकमा १ सय भन्दा बढि झिँगाका लार्भा स्याउँस्याउँ गरेको देखेपछि सुरुमा त डाक्टरहरु पनि डराएछन् । नाकभित्र प्वाल नै थुनिने गरी किराहरु जम्मा भएको थाहा पाएपछि विरामी बुढाको होस ठेगान रहने कुरै भएन ।
केही समय पहिले नाकभित्रको ट्युमरको शल्यक्रिया समेत गराएका उनको नाक सुरुमा अलिअलि चिलाएको थियो । नाकको देब्रे पाखोमा दुख्ने, स्वास फेर्न पनि गाह्रो हुने, गन्हाउने र आँखासम्मै सुन्निएर नाकभित्रबाट रगत समेत बग्न थालेपछि उनी पुनः अस्पतालमा जँचाउन गए । अस्पतालमा गएर उनको नाकभित्र डाक्टरहरुले चेकजाँच गर्दा त उनको नाकमा ठूलो संख्यामा लार्भाहरु हुर्किरहको फेला पर्यो ।
यसलाई चिकित्सा भाषामा माइयासिस भनिन्छ । नाकभित्रका लार्भालाई एकैचोटी बाहिर निकाल्न सम्भव हुँदैन । त्यसैले नाकभित्र नुनपानी खन्याउँदै दिनका दिन डाक्टरहरुले भित्रका लार्भा बाहिर निकाल्दै गए र त्यसक्रममा नाकको इन्डोस्कोपी समेत गरियो । नाकभित्रका पूरै किरा निकाल्न डाक्टरहरुलाई ४ दिन लाग्यो । उनी अहिले पूर्ण रुपमा स्वस्थ बनिसकेका छन् । तर नाकभित्र किराको गुँड भएको पहिलेको अवस्था सम्झिँदा भने झसँग हुँदारहेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




