जापान । “जननी जन्मभूमिश्च स्वर्गदापी गरियसी” अर्थात जन्मदिने आमाभन्दा जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । यो वाक्यांशले भन्न खोजे जस्तै मातृभूमीको माया नहुने व्यक्ति शायदै कोही होला । जन्मभूभीको अगाध माया सबैको हृदयमा हुन्छ । यति हुँदाहुँदै पनि विदेशिनु पर्ने बाध्यता आइपर्छ ।

सडक छेउमा बसि रमिता हेर्नेहरुले बिदेशीनुलाई रहर मान्न सक्लान तर यो ठम्याईलाई बस्तुगत मान्न सकिंदैन । राजनीतिक, आर्थिक र सामाजिक सन्तुलन डगमगाईरहेको नेपाल जस्तो मुलुकका नागरिकहरुलागि त विदेशीनु पर्ने बाध्यता झनै टढ्कारो देखिन्छ । बैदेशिक रोजगारबाट जीवन धान्ने अधिकांश नेपालीहरु मध्येकी एक हुनुहुन्छ अनिता गुरुङ ।

पिता पूर्णबहादुर गुरुङ र आमा मायादेवी गुरुङको कोखमा सोलुखुम्बुको जुबुमा जन्मनु भएकी अनिता गुरुङ अहिले जापानमा हुनुहुन्छ । सन् २००७ मा जापान पुग्नुभएकी अनिताले समृद्धिलाई रोज्नु भएको हैन भन्न नसकिएला तर मुलुकको तत्कालिन राजनीतिक अवस्थाले पनि उहाँलाई विदेशीन बाध्य पारेको उहाँको भनाइ छ ।

श्रीमान पेम्बा लामा, छोरी ज्योत्स्ना र छोरा जोहेबका साथ जापानमा रहनुभएकी अनिता यही डिसेम्बर १० मा सर्वसम्मत रुपमा तमू धिं जापानको अध्यक्ष पदमा चयन हुनु भएको छ । हिजोबाट उहाँले आफ्नो नेतृत्व सम्हाल्नु भएको छ । त्यसो त अनिताले जापान पसेदेखि तमु धि जापानको साधारण सदस्य देखी कार्यसमितिको सदस्य, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । व्यक्तिगत रोजीरोटीसँगै समाजिक सेवाकार्यमा समर्पित अनिताले जापानमा सन २०११ देखि आफ्नै स्वामित्वमा हस्तकला व्यवसाय सञ्चालन गरिरहनु भएको छ । सन २०११ देखि १३ सम्म अनिता गुरुङले एन आर एन जापानको कार्य समिति सदस्यको रुपमा काम गरिसक्नु भएको छ ।

ब्यक्तिगत समृद्धि सबैको चाहना हुन्छ । यसका अलावा पनि समयको समुचित संयोजन गर्दै सामाजिक सेवा कार्यमा लाग्न सकिन्छ भन्ने धारणा लिनुभएकी तमू धिं जापानकी अध्यक्ष अनिता गुरुङले सन २०१३ देखि १५ सम्म एनआरएन जापानको अन्तराष्ट्रीय महिला संयोजक र सन २०१३ मै नेपाल फÞेस्टिवल मूल आयोजक कमिटी अन्र्तगत महिला उपसमितिको उपध्याक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ ।

मनाङ सोसाइटी जापानको सल्लाकार समेत रहनु भएकी अनिताले स्वदेशमा छँदा राष्ट्रिय खेलकुद परिषदको प्रशासनिक फाँटमा १३ बर्ष सेवा गरिसक्नु भएको छ । स्नातकसम्मको अध्ययन पुरा गरिसक्नु भएकी अनिता पुर्बी नेपाल बिकास सहकार्य जापानको सोलुखुम्बु उप संयोजक पनि हुनुहुन्छ । “धन भएर मात्रै हुँदैन, मन पनि हुनु पर्छ ।” भन्ने सोंचकी धनी अनिता गुरुङले जापानमा रहेका केही नेपाली महिलाहरुसंगको सहकार्यमा ललितपुर, दोलखा र धादिङका ६ जना बिद्यार्थीलाई उच्च मावि तहको अध्ययनका लागि पूर्ण छात्रबृत्ति दिंदै आउनु भएको छ ।

मानवीय उपस्थिति जति बढ्दै जान्छ समस्या पनि उति नै मात्रामा बृद्धि हुँदै जान्छ । जापानमा अहिले १० हजार भन्दा बढी नेपालीहरुको उपस्थिति छ । नेपालीहरुको संख्या बढेसंगै चुनौतीहरु पनि थपिएका छन । अनिता गुरुङको समय त्यस्ता समस्याहरुको समाधानका लागि पनि खर्च हुँदै आएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार