२९ अप्रिल, टोकियो । गोल्डेन विक्को अवसर पारेर जापानमा रहेका नेपाली साहित्यकारहरुको समुह जापान साहित्यिक चौतारीको सक्रियतामा काव्य मुशायरा जापानको आयोजनामा हुने भएको छ ।

जापान साहित्य चौतारी नामको फ़ेसबुक ग्रुपमा रचनाहरु सुन्ने सुनाउने, पढ्ने र सियर गर्दै आएका अक्षरलाई मन पराउने साहित्यिक मनहरुको बिषेश पहलमा आगामी मे २ मंगलवार जापानको टोकियोमा रहेको नेपाली मुरा हल सोलमारीमा साहित्यकारहरुको जमघट हुने आयोजकले जानकारी गराएका छन् ।

परिवर्तनका लागि साहित्य भन्ने अभियानका साथ हुन लागेको साहित्यकारहरुको बिषेश जमघटलाई जतिसक्दो रचनात्मक बनाउन जापानमा रहेका साहित्यिक मनहरुलाई उत्साहजनक सहभागीताकालागी आयेजक मध्येका एक ग़ज़लकार रविन शर्माले अनुरोध गरेका छन् |

यस संस्थाले गएको जनवरी महिनामा जापानको टोकियोमा कफि कक्टेल नामक साहित्यिक भेटघाट सम्पन्न गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार