टोकियो । मगर संघ जापानले मगर समुदायको साँस्कृतिक महत्व बोकेको चाड माघे संक्रान्ति भव्यताका साथ मनाएको छ ।
मगर जातिको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्ने उद्देश्यले आइतबार टोकियोमा आयोजित ‘माघे संक्रान्ति एवं साँस्कृतिक कार्यक्रम’मा टोकियो क्षेत्रमा बसोबास गर्ने मगर तथा गैरमगरहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा मगर संघ जापानका पुर्व अध्यक्ष एवं संरक्षक गम जुग्जालीमगरले माघे संक्रान्तिको महत्व र विशेषताबारे प्रकाश पारेका थिए ।
त्यस्तै स्थानिय मगर कलाकार दिपेन मगर, सुजु सिंजालीमगर, सगुन सूर्यवंशीमगरको सालैजो तथा कौडा गीतहरुमा रहेको आर्कषक नृत्य प्रस्तुतीले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो ।
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मगर संघले गर्दै आएको चेलीबेटी सम्मान कार्यक्रमको अर्को आर्कषण रहेको थियो । उक्त सम्मान संघका अध्यक्ष दिपक बुर्जामगर, सल्लाहकार नबिन थापा मगर र कार्यक्रम संयोजकद्वय किरण थापामगर र योगेन थापामगरले १३ जना चेलीहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेमा इन्दिरा गर्बुजामगर, मिना रानामगर, सुनिता रानामगर, अरुणा रानामगर, जिना पुनामगर, दिपा पुनमगर, सुजु सिंजालीमगर, सगुन सूर्यवंशीमगर, रमा थापामगर, सम्झना रानामगर, मिष्टी रानामगर, लक्ष्मी आलेमगर, दिप्ती लुङ्गेलीमगर लगायत थिए ।
कार्यक्रममा संघका संरक्षक खग्रेन्द्र पुनमगर, एनआरएनए आईसीसीका सदस्य दिनेश गुरूङ, तमुधिं जापानकी अध्यक्ष एवं एनआरएनए जापानकी महिला उपाध्यक्ष अनिता गुरुङ, थकाली सेवा समितिका बुद्धि गौचन, श्री गुरुङलगायतले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




