टोकियो ।गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला  सम्पन्न भएको छ ।

शनिवार टोकियोको सिनओकुवोमा भएको भेलामा गैर-आवासिय नेपाली संघ जापानका १३ ओटै क्षेत्रका प्रतिनिधिहरु उपस्थित रहेका थिए । एनआरएनए जापानका प्रबक्ता पर्शुराम बस्नेतका अनुसार, क्षेत्रिय  भेला  ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको  हो । भेलामा राष्ट्रिय कमिटि र क्षेत्रिय कमिटिहरुको बिचमा समन्वय गरि कसरी चुस्त/दुरुस्त रुपमा अगाडि  बढ्ने भन्ने सम्बन्धमा, प्रशिक्षण पनि  दिईएको थियो ।

एनआरएनए जापानका अध्यक्ष, टासी वांग्दी लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा, नेपली  राजदूताबासका उपनियोग प्रमुख श्री कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो भने,बिशेष अतिथिमा, अन्तराष्ट्रिय युबा संयोजक सुदन थापा रहेका थिए ।यसका साथै एनआरएनए आइसीसी सदस्यहरू केशर गिरी,कपिलदेव थापा,महेश श्रेष्ठ,डिलाराम खरेल,एनसिसि सल्लाकार परिषदका सदस्यहरू,एनसीसी बिभागिय प्रमुखहरू र १३ ओटा क्षेत्रीय कमिटीका संयोजक,उपसंयोजक पदाधिकारी ,तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

भेलाले जारी गरेको  घोषणा पत्रका बुँदाहरु जस्ताको त्यस्तै ।

१)क्षेत्र र केन्द्रबीचको सम्बन्धलाई सुदृढ गर्दै आगामी दिनमा समन्वय र सहकार्यका साथ अगाढी बढ्ने। २) नागोया क्षेत्रमा क्षेत्रीया अधिवेशन ताका उठेको विषय वास्तुलाई विधान सम्बत ढंगमा समाधान गरिने ।
३)आर्थिक नीति एकद्वार पद्धतिबाट अघि बढाइने । ४) आबस्यकता अनुसार नया क्षेत्रीय कमिटी बिस्तार गरिने ।
५)विधानलाई आगामी वार्षिक अधिवेशन मार्फत समयानुकूल परिष्कृत गर्दै लैजाने ।
६)स्मार्ट एन॰आर॰एन ०ए जापान निर्माण गरिने।
७)नेपाली समुदाय बीच आईपर्ने समस्या समाधानको लागी नेपाली राजदूताबाश संग सहकार्य गर्दै अगी बढीने।
८)क्षेत्रीय कमिटीलाई ससक्त बनाऊँन कोलागी आबास्यकता अनुसार प्रसिक्षण साथै राष्ट्रीय कमिटी बाट उपस्थित बढाइने ।
९)मार्च बाट नया सदस्य फारम आबह्वान गरिने।

दुइ सत्रमा विभाजन गरि  सम्पन्न, कार्यक्रमको पहिलो,उद्घघाटन  सत्र रहेको थियो । दोश्रो सत्र भने संगठनका विविध गतिविधिहरुमा केन्द्रित गरि संचालन गरिएको थियो । यस सत्रमा,  आइसिसी अन्तराष्ट्रिय युवा संयोजक तथा पुर्व अध्यक्ष सुदन थापाको प्रमुख  आतिथ्यता, एनआरएनए जापानका अध्यक्ष टासी वांग्दी लामा र एनआरएनए वरिष्ट उपाध्यक्ष देविलाल भण्डारीको ब्यस्थापन रहेको थियो । त्यस्तै,  संघका उपाध्यक्ष शिव प्रसाद पौडेल, सल्लाहकार तेज प्रसाद अर्याल लगायतले विचार राखेका थिए ।

दोश्रो सत्रलाई प्रवक्ता पर्शुराम बस्नेतले विषय प्रवेश  तथा संघको  राष्ट्रिय कमिटीले क्षेत्रीय कमिटिहरु सम्बन्धि गरेका निर्णय र योजना प्रस्तुत गरेका थिए ।  सो प्रस्ताबमा कमिटिले गरेको निर्णय र कार्यन्वयन पक्षको भुमिकाका बारेमा डा. बेद काफ्लेले कमिटिको काम, कर्तव्य, अधिकार र संस्थाको विधान  सम्वन्धि महेश श्रेष्ठले प्रशिक्षण समेत दिएका थिए ।

भेलामा, १३ ओटै क्षेत्रका प्रतिनिधिहरु- संयोजक नबिन निउरे,संयोजक लक्ष्मण बानियाँ,प्रतिनिधि सुरेस सापकोटा,संयोजक दिपक केसी,संयोजक विकास बस्नेत,संयोजक सन्तोष चौहान,संयोजक माधब उप्रेती,सचिब मिनकुमार लामिछानेले प्रतिबेदन पेश गरेका थिए ।  हलमा उठेका प्रश्नको जवाफ महासचिव बुद्दी घिमिरे र प्रबक्ता पर्शुराम बस्नेतले दिएका थिए ।

भेलाको अवसरमा,प्रमुख  अतिथि,बिशेष अतिथि र सभापतिले सम्पूर्ण क्षेत्रीय कमिटी लाई प्रमाण पत्र वितरण गरेका थिए ।  कार्यक्रम महासचिब बुद्दी घिमिरेले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार