९ मे, टोकियो । जापानमा गरिने नेपाली कथानक चलचित्र ‘सायद-२’ को प्रिमियर शोकों तयारी पुरा भएको छ ।यही मे १४ तारिख नाकानो जिरो हलमा गरिने पि्रमियर शोका लागि चलचित्रका निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ, सञ्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का जापान आएका छन् । निर्माता रावलसहितको टोली मंगलबार बिहान जापान आइपुगेको हो । निर्माता रावल सहितको कलाकारको टोलिलाई जापानमा रहेको चलचित्रका अर्का निर्माता ईश्वर श्रेष्ठले स्वागत गरेको थिए ।

चलचित्रको पि्रमियर शोबाट उठेको रकम जापानमै रहेका सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागि सहयोग गरिने निर्माता श्रेष्ठले बताए । चलचित्रमा रावल र श्रेष्ठसहित सुबास लामिछानेको पनि लगानी रहेको छ ।

दुर्गिस फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा सुशिल श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुविना कार्की, वुद्धिलाल मगरको मुख्य भूमिका छ ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा राजविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार