टोकियो । सातौँ नेपाकेन (नेपाल जापान अध्ययन केन्द्र )जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा एलिसा दास प्रथम भएकी छिन ।

दासले ‘やる気‘ (यारुकि : ईच्छा शक्ति ) भन्ने बिषयमा बोलेकी थिईन । उनले स्पष्ट जापानी भाषा र  उत्कृष्ट अभिव्यक्ति कलाले निर्णायकहरुको मन जितेकी हुन् ।

एलिसा दास,प्रस्तुतीको क्रममा

त्यसै गरी, प्रतियोगितामा स्मिता आचार्य द्वितिय र सुनिल पौडेल तृतिय भएका छन् । पब्लिक च्वाईसको बिजेता पनि स्मिता आचार्य बनेकी छन् । त्यस्तै, रिस्योउ विश्वविद्यालयद्वारा प्रदान गरिने विशेष पुरस्कार विकास अधिकारीले प्राप्त गरे भने,जाईकाद्वारा सञ्चालित एक कार्यक्रम, JOCV ले प्रदान गर्ने विशेष पुरस्कार मिलन कुमार राईले हात पार्न सफल भए ।प्रतियोगितामा प्रथम हुनेले ५० हजार येन, द्वितीयले ३० हजार येन र तृतियले २० हजार येन नगद पुरस्कार सहित प्रमाण पत्र तथा ट्रफी प्राप्त गरे ।

आईतबार, टोकियोको रिस्योउ विश्वविद्यालयको हलमा भएको वक्तृत्वकला प्रतियोगितामा, ブシヤル スガムबस्याल सुगम,チャパガイン リーツ-चापागाईँ ऋतु,アチャレ ラザン-आचार्य राजन,アディカリ ビカシュ-अधिकारी विकास,トゥラダラ ディビサ-तुलाधर दिविशा,カルキ バガワン-कार्की भगवान,パウデル スニル-पौडेल सुनिल,アチャリヤ スミタ-आचार्य स्मिता
,ライ ミラン クマル-राई मिलन कुमार,ラヤ チエトリ サガル-राया क्षेत्री सागर,ダス アリサ-दास आलिसा गरी ११ जना सहभागीहरुले विभिन्न विषयमा आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा,नेपाली दूतावासका ,कार्यवाहक राजदूत  कृष्णचन्द्र अर्याल, एनआरएनए अध्यक्ष भवन भट्ट,एनआरएनए जापानका अध्यक्ष टासि लामा रिस्योउ विश्वविद्यालयका उप प्रमुख ताकाहासी ताकाहिदे, नेपाकेनका अध्यक्ष जिज्ञान कुमार थापा लगायत जापानी तथा नेपाली समुदायका अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरुको गरिमामय उपस्थिती रहेको थियो ।

प्रतियोगीतामा, रिस्योउ विश्वविद्यालयका उप प्रमुख ताकाहासी ताकाहिदे, नेपाकेनका अध्यक्ष जिज्ञान कुमार थापा,क्योदो समाचारका कोईके सिन्ईची, कलाकार कोनोए हाना ,JOCV का तानाका कोउहेई गरी पाँच जनाको निर्णायक समूह रहेको थियो ।

नेपाकेनले विगत सात वर्षदेखि जापानमा, विभिन्न क्षेत्रमा अध्ययनरत नेपाली विद्यार्थीहरुको जापानी भाषामा दक्षता अभिवृद्धि गर्ने उदेश्यले यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको छ ।यस पटक प्रतियोगिताको संयोजन धीषण निरौलाले गरेका थिए भने प्रचारप्रसारमा राजेन्द्र पौडेललाई ज़िम्मेवारी दिईएको थियो ।

नेपाकेनले,जापानको व्यस्तताको बावजुद पनि कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण वर्ग -सहभागी,प्रायोजक,सञ्चारकर्मी,विज्ञ,स्वयम् सेवक लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तो थियो एलिसाको प्रस्तुती(भिडियो)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार