राजन गौतम/टोकियो । अफोर्डेबल  एण्ड सस्टेनेबल हेल्थकेयर एक्सेस  (ASHA) को आयोजना तथा एनआरएनए जापान को बिशेष सहयोग एवं  टोकियो  महानगर पालिकाको प्राबिधिक सहयोगमा सुगिनामी स्थित आसागयाको एभेरेस्ट स्कूलमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ ।

एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतका अनुसार बुधवार   सम्पन्न सो शिविरमा  २ सय जना भन्दा बढि नेपालीले स्वास्थ्य परिक्षण गराए ।  बिहान ९ बजे बाट शुरू भई बेलुका ६ बजे सम्म संचालित शिविरमा एनआरएनए जापानका अध्यक्ष टाशी वा. लामा , उपाध्यक्ष द्वय- शिव प्रसाद पौडेल , सरोज कुमार खत्री, महासचिव बुद्धीराज घिमिरे , प्रवक्ता पर्शु बस्नेत ,नारायण खड्का , सृजना पाण्डे , संगीता अधिकारी  तथा एनआरएनए जापान कान्तो क्षेत्रिय समितीका  रबीन शर्मा र राकेश रुम्बा लगायतले व्यवस्थापनमा  सहयोग गरेका थिए ।  त्यसका अलावा, शिविरमा “हामीले नगरे कस्ले गर्ने अभियान का अन्तर्रास्ट्रीय  सह- संयोजक दीपक नेपाल लगायत  लक्ष्मी नेपाल , सरु केसी , आनन्द  अधिकारीका साथै एभरेस्ट स्कूल का प्रिन्सिपल प्रदीप थापा र बिध्यार्थीहरूले समेत दिनभर  स्वयंसेवा  गरेका थिए ।

बिहानदेखी परेको झरीको समेत प्रवाह नगरी शिविरमा पुगेका नेपालीहरुको स्वास्थ्य प्रतिको सचेतताको कार्यक्रम संयोजक डाक्टर प्रकाश  शाक्यले  प्रसंशा गरे । उनले भने – ‘यस शिविरबाट घेरै नेपालीहरु  लावान्वित भएका छन् ।’ शिविरमा,  विषय विज्ञ डाक्टर हरुको उपस्थितिमा सामान्य चिकित्सा , दन्त रोग , मुटू रोग , एक्सरे,ईसजी,तथा  स्त्री रोग सम्बंधी चेकजाँच भएको थियो ।

जापानको मेडिकल क्षेत्रका सिनियर प्रोफेशर डाक्टर र नेपाली डाक्टर तथा रिसर्चर गरी करिब डेड दर्जन विशेषज्ञ बाट सेवा प्रदान गरिएको थियो शिविरमा टोकियो  र आसपासका क्षेत्र , चीबा , योकोहामा , साइतामा लगाएतका विभिन्न क्षेत्र बाट आएका विद्यार्थी , कुक , डेपेण्डेन्ट लगाएत ले स्वास्थ्य जाँच गराएका थिए  । शिविरमा -1. Dr.Aoki 2. Dr.sawada 3. Dr.tomita4. Dr.iwamoto 5. Dr.saki  र Dr.saito  गरी छ जना जापानी चिकित्सक का साथ 1. Dr. Prakash shakya 2. Dr.suman Shrestha 3. Dr.mingma Sherpa 4. Dr.abhisheki Shrestha 5. Dr. Manu karki 6. Dr. Supriya shakya 7. Dr.sandip shakya 8. Dr.richa shah  र  Dr.bijay Gyawali ( psychologist)का साथै नर्स , ल्याब टेक्निसियन   सहभागी थिए । सेवा लिन  आएका नेपालीहरूले उत्कृष्ट  सेवा तथा परामर्श पाएको भन्दै  खुसि व्यक्त गरे । शिविरमा, डाक्टर प्रकाश शाक्य र डाक्टर विजय ज्ञावलीले संयोजकको  भूमिका निभाएका थिए ।

कार्यक्रम आशाअनुरुप सफल भएको भन्दै आयोजक  संस्थाले  भाषा ट्रान्सलेटर , स्वयंसेवक  लगाएत शिविरमा सहयोग गर्ने  सबैलाई धन्यवाद गरेको छ भने सहयोगी संस्था एनआरएनए  जापानले   आफ्नो सहयोगमा,  यस्तो नि:शुल्क स्वास्थ्य शिविर जापानको १३ ओटै क्षेत्रमा  राखिने निर्णय गरेको संघका  प्रवक्ता  बस्नेत ले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार