टोकियो । जापानको टोक्योमा आईतबार एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ ।
जापानमा लोकप्रीय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो ।
अन्तरास्ट्रीय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए ।
नागानो प्रीफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा गत साल झन्डै ४ दर्जन हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो । प्रा. रामकुमार पाडे र प्रकाश पौडेल ‘माइला’को हाइकुको बारेमा लेखिएको खोजमुलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ ।

अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु सन्कलनको सम्पादक हाइकुकवि प्रकाश पौडेल ‘माइला’ हुन । बिगत १३ वर्ष देखी जापान मै रही हाइकुको क्षेत्रमा कलम चलाईरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्य समितीका उपाध्यक्ष समेत हुन ।

अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथी भने साकुराको रुखलाई मानिएको थियो । सहारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भन्डारी, पिताम्बर पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, पदम ठगुन्ना, हरी सापकोटा, अरुण पौडेल, सुर्य खड्का , धिषण निरौला, सरीता ढकाल लगाएतले बोल्नु भएको थियो । साथै कविता वाचन गर्ने अन्य कविहरुमा अर्जुन दृष्टि पौडेल, मुक्ती सुबेदी ,गिरिजा गैरे, सुमित गिरि, सबिना रेग्मी, विश्वबन्दु भण्डारी, सरद पोख्रेल , हेमन्त गिरी, प्रतीबिम्ब सुमन, आनन्द अधिकारी, पार्थ सुबेदी, मीनराज बास्तोला, भुवन रोका, संगिता अधिकारी,सविना रेग्मी , सुमित गिरी, प्रकृति फुयाल,दीपा घिमिरे, ज्वाला सङ्रौला, बलराम उपाध्याय आदि हनूथ्यो भने थप सहभागीहरू रोशन कार्की प्रेमिला गौचन, गृश्मा पौडेल, अमृता आर्याल, इन्दु सूबेदी, यशोदा बस्नेत, पूनम बराल लागाएत थुप्रै साहित्य प्रेमी र अनुरागीहरूको उपस्तिथी रहेको थियो । कार्यक्रम रबिन शर्माले सञ्चालन गर्नुभएको थियो ।

(स्रोत : नेपालन्युजपोस्टका लागि प्रकाश पौडेल ‘माईला’को संयोजनमा प्रकाशित )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




