१४ मे, टोकियो । दोश्रो तमु धीँ जापान रनिङ कप को टाईसिट  सार्वजनिक गरिएको छ ।

” स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुद ” भन्ने मूल नाराका साथ तमु धीं जापानको आयोजनामा मे २१ तारिक आईतबार  हुने ,दोश्रो तमु धीं जापान रनिंग कप फुट्सल प्रतियोगिता को आज टोकियोमा पत्रकार सम्मेलन गरी टाईसिट सार्वजनिक गरिएको हो ।  गत बर्ष देखि तमु धीं जापानले खेलकुदलाई पनि प्राथमिकता दिदै फुट्सल प्रतियोगिता राख्न थालेको हो ।

प्रतियोगीतामा प्रथम हुने टीमले नगद २ लाख २२ हजार २ सय २२ येन साथमा रनिंग ट्रफी,बिजेता ट्रफी, मेडल र प्रमाण पत्र साथै द्दितीय हुने टीमले नगद १ लाख ११ हजार १ सय ११ येन साथमा उपविजेता ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरिने छ ।

कार्यक्रममा सम्पूर्ण खेलाडीहरुका साथै कपको प्रदर्शन गरिएको थियो भने सो कार्यक्रमको सभापतित्व तमु धी जापानका अध्यक्ष श्री गुरुङले गरेका थिए त्यस्तै गैरआवाशीय नेपाली संघ केन्द्रिय सदस्य तथा तमुधी जापानका संरक्षक ओम गुरुङ, सौगात गुरुङ ,अनिता गुरुङ नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै तमुधिका अध्यक्ष श्री गुरुङले खेलाडीहरुले अझै पनि राज्य बाट सम्मान पाउन नसकेको भन्दै यस बारेमा पत्रकारहरुले राज्यलाई सचेत गराउनु पर्ने बताए, त्यस्तै जापानमा हरेक बर्ष खेलकुदका कार्यक्रम बढेको भन्दै ओम गुरुङले खुसि ब्यक्त गरे |

टाईसिट

प्रतियोगिता ,TOKYO –TO, HACHIOJI –SHI, 2 – 2 – FUJIMOTI KOUEN को खेल मैदानमा हुने आयोजकले जानकारी गराएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार