राजन गौतम् / टोकियो । गैरआवासीय नेपाली संघ जापानमा पहिलो पटक महिला फोरम गठन भएको छ ।
एनआरएनए जापानकी महिला संयोजक सबिता श्रेष्ठको संयोजकत्वमा विभिन्न सामाजिक क्षेत्र, संघ -संस्थामा सक्रिय महिलाहरूलाई समेटेर २१ सदस्यीय महिला फोरम गठन गरिएको हो ।

प्रबासमा महिला सशक्तिकरण , महिला जागरण , नेतृत्व बिकास तथा राष्ट्रीको सम्वृद्धीमा महिलाहरुको भूमिका लाई स्थापित गर्दै अगाडि बढ़ने उद्देश्यका साथ फोरम गठन गरिएको हो । विश्वभरी ७८ देशमा आफ्नो राष्ट्रीय कमिटी बिस्तार गरेको एनआरएनएले हालसम्म ६० राष्ट्रमा एनसिसि महिला संयोजकको नेतृत्वमा महिला फोरम गठन गरीसकेको छ। फोरमले एनसिसिको मातहातमा रहेर कार्य गर्ने छ भने राजनीति , जात , धर्म भन्दा माथि रहेर १३ वटै क्षेत्रबाट सामाजिक क्षेत्रमा कृयाशील तथा विभिन्न विषयविज्ञ महिलाहरुलाई   समेटेर अगाढि बढ़ने छ। एनआरएनए जापानको केन्द्रीय कार्यालय शिनओकुबोमा शुक्रबार भएको महिला भेलाले एनसिसि महिला संयोजक सविता श्रेस्ठ को संयोजकत्वमा २१ सदस्य टिम , ४ सदस्य सल्लाकार समिति , र सदस्य सचिब चयन गरेको हो ।

उक्त भेलामा एनसिसि जापानको तर्फबाट उपाध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता पर्शुराम बस्नेत को उपस्थित रहेको थियो भने बस्नेतले महिला फोरम गठनको आबस्यकता,काम ,कर्तव्य र अधिकारको बिषय मा प्रस्ठ पारेका थिए । एनआरएनए जापान। महिला फोरमको सकृयतामा आगमी जुन महिना जापानमा रहेका महिलाहरुको स्वास्थ्य समस्या न्युनिकरणका लागि जापानी वडा कार्यलयहरुसंगको सहकार्यमा स्वास्थ्य सेमिनारको आयोजना गर्ने निर्णय पनि गरेको बताईएको छ । कार्यक्रमबारे छिट्टैनै थप जानकारी गराईने जनाईएको छ ।

आईतबार गठनभएको महिला फोरमको संरचना अनुसार सबिता श्रेष्ठको संयोजकत्वमा तथा ज्वाला संग्रौला सदस्य सचिब रहने गरि, सिर्जना पाण्डे,संगीता अधिकारी, गंगा डंगोल अन्जु भण्डारी,बिष्णु बानियाँ,निरा उपाध्याय,सरिता ढकाल, स्मृति आचार्य,ज्वाला संग्रौला,निरा केसी,सिता राणा,सरु बास्तोला,सुनिता महर्जन ( श्रेष्ठ),कमला गैरे,धर्मिका घिमिरे,दिपा घिमिरे,शक्खु खान,ज्योती पौडेल, ग्रीष्मा ओकोमोतो र लक्ष्मी दुलालको सदस्यता रहेको छ । त्यसैगरी फोरमको सल्लाहकार समुहमा,इन्दिरा सुजुकी,प्रेमिला गौचन,पवन वर्षा शाह र शुष्मा ओमातालाई चयन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार