टोकियो ।शेर्पा सघ जापानकाे ११औ महाधिवेशन आज टाेकियाेमा सम्पन्न भएकाे छ । महाधिवेशनले छेवाङ जाङ्बु शेर्पाकाे अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत रूपमा चयन गरिएकाे छ ।
महाधिवेशनले शेर्पा संघ टाेकियाे र शेर्पा सघ टाेकाई नागाेयालाई एकीकरण गरी एउटै शेर्पा संघ जापान विधिवत रूपमा समयाेजन गरिएकाे छ । यसअघि जापानमा शेर्पा संघ टाेकाई नागाेया र टाेकियाे गरी २ शेर्पा सघले छुट्टछुटै रूपमा सक्रियता साथ आअाफ्नाे क्षेत्रमा विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएका थिए ।लामाे समय देखि दुवै शेर्पा सघ एकीकरणकाे विषयमा विभिन्न छलफल तथा बहस गरी जापानबासी शेर्पाहरूकाे चाहना अनुरूप एउटै शेर्पा सघ रहनुपर्ने सल्लाह र सुझावलाई सघले मध्येनजर गरी समयाेजनकाे कार्य महाधिवेशनले सफलताका साथ पुरा गरिएकाे छ ।
महाधिवेशन पछि नया कार्य समितिकाे उपाध्यक्ष तथा क्षेत्रीय सयाेजक प्रमुख पेम्बा छिरिङ् शेर्पाले ” २ शेर्पा संघ एकीकरण हुनु समग्र जापानबासी शेर्पा समुदायकाे लागि सकारात्मक कार्य भएको र शेर्पा सघकाे आधिकारिताको भ्रम समाप्त भएकाे भन्दै जापान शेर्पा सघ अब नया ढाँचा र प्रभावकारी रूपमा सक्रियता साथ अघि बढ्ने बताउनु भएकाे छ । साथै उपाध्यक्ष शेर्पाले अग्रज शेर्पाहरूकाे सम्मान, समग्र शेर्पाहरूकाे निम्ति सहयाेग र अन्य सस्थाहरू संग सहकार्यलाई अझ बढ्ने बताउनु भएकाे छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष छोङवा शेर्पा, उपाध्यक्षहरू पेम्बा छिरिङ शेर्पा, डेनी शेर्पा, साेनाम शेर्पा महासचिव ल्हाक्पा शेर्पा, सचिव दावा शेर्पा ,काेषाध्यक्ष आङ् नुरू शेर्पा, सहकाेषाध्यक्ष मिड०मार शेर्पा, सदस्यहरूमा पेमा नुरी शेर्पा, मिङ्मा  शेर्पा, फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा, याड०जी शेर्पा, फुल्हमु शेर्पा, मिड०मा शेर्पा, ल साेनाम शेर्पा, गाेम्बु शेर्पा र साड०गे शेर्पालाई चयन गरिएकाे छ । नया कार्य समितिले ल्हाक्पा गेलु शेर्पा र ड०वाड० सेरे शेर्पालाई सल्हाकार र ङिमा नुर्वु लामालाई संरक्षककाे रूपमा रहने गरि सर्वसहमत निर्णय परित गरिएकाे छ ।

(स्रोत:फुर्बा शेर्पाको सहयोगमा चोमोलोङ्मोडटकम)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार