राजन गौतम/टोकियो । जापानबाट पैसा रेमिट्टयान्स गर्दा, माईनम्बर प्रयोग गरेकै कारण कुनै पनि  समस्या  नपर्ने बताईएको छ ।  ईजिलिंक रेमिट्टयान्सले टोकियोको  आसाकुसाबासी स्थित आफ्नै कार्यालयमा आईतबार गरेको  पत्रकार भेटघाट कार्यक्रममा ईजिलिंक रेमिट्यान्सका कार्यकारी निर्देशक (सिईओ) डिपी अर्यालले सो कुरा बताएका हुन् ।

अर्यालले, जापानमा पर्याप्त मात्रमा रेमिट्टयान्स कम्पनीहरुको उपस्थिति र प्रभावकारी सेवाको उपलब्धता रहेतापनि केहि व्यक्ति विशेषहरुले अझै अनाधिकृत रुपमा, नेपाल पैसा पठाउने गरेको खुलासा पनि गरे । उनले भने -‘अनौपचारिक बाटोबाट पैसाको ओसार/पसार भएको भन्ने,हामीलाई पनि महशुस हुन्छ ।’  अर्यालले गैरकानुनी रुपमा पैसा पठाउने गरेको खुलासा गरेता पनि  कसले के-कसरी र कुन  माध्यमबाट अनाधिकृत रुपमा पैसा नेपाल पठाउने गरिएको छ भन्ने चाहीँ आफुलाई जानकारी नभएको बताए ।

ईजिलिंक अझ सशक्त बन्दै

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार,सन २०१० देखि जापानबाट नेपाल लगायत बिभिन्न देशहरुमा रेमिट्टयान्स सेवा प्रदान गर्दै आएको इजिलिन्कले   सेवालाई बिस्तार गर्ने क्रममा, नेपाल बाहेक भियतनाम, कोरिया र सँसारको प्रसिद्ध मनी ट्रान्सफर कम्पनी’एक्स्प्रेस’मनी को सहकार्यमा विश्वको १६५ देशमा २ लाखभन्दा बढी साखाहरुबाट आफ्नो सेवा बिस्तार गरेको जनाएको छ । साथै, नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायहरुले बनाएका गैरकानुनी सम्पत्ती शुद्धिकरण विरुद्धको ऐन कानुनलाई कडाईका साथ पालना गर्दै,प्रभावकारी र विश्वसनिय विप्रेषण सेवामा प्रतिवद्ध रहेको  पनि उल्लेख गरेको छ  । कम्पनीले, जापानमा हुने प्रायजसो कार्यक्रमहरुमा सहयोगीको रुपमा आफ्नो उपस्थिती जनाउनुको अलवा जापान तथा नेपालमा हुने बिभिन्न सामाजिक कार्यमा समेत आफ्नो उल्लेख्य उपस्थिती जनाउदै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दैआएको  छ ।

कम्पनीले  यस वर्षको फेब्रुअरीदेखि दक्षिण कोरियाबाट समेत नेपाल लगायत बिभिन्न देशमा विप्रेषण सेवा सुरु गरेको छ । सेवा प्रारम्भको छोटो समयमै दक्षिण कोरियाको नेपाली समुदायमा अत्यन्त लोकप्रियता कमाउन सफल भएको  र सेवा शुल्क र बिनिमयदरमा  समेत अन्य रेमिट्यान्स कम्पनीको भन्दा सुलभ रहेको बताईएको छ । नेपालको लागि जापान बाट रेमिट्यान्स सुरुगर्ने पहिलो नेपालीको रुपमा समेत आफ्नो परिचय बनाएका अर्यालले  आउने दिनमा अझ उत्कृष्ट र विशिष्ट सेवा दिँदै हरेक ग्राहकको सम्मानमा आफु सँधै प्रतिबद्द रहने समेत  जनाएका छन् ।

पत्रकार सम्मेलनकै क्रममा,अर्यालले जापान सरकारले विदेशीले जापानमा बसेर गरेका हरेक गतिविधिहरुको शुक्ष्म निगरानी  गरिरहेकोले सम्पुर्ण नेपाली समुदायलाई   यहाँको ऐन/कानुनको पूर्ण पालना गरि  आधिकारिक माध्यम प्रयोग गरि  आर्थिक कारोवार गर्न/गराउन अनुरोध पनि  गरे । उनले अवैधानिक  रुपमा नेपाल पैसा पठाउनेलाई निरुत्साहित पार्दै आधिकारिक रुपमा रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउने कार्यमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै, त्यसतर्फ क़लम चलाई राष्ट्रलाई योगदान पुर्याउनका लागि  आग्रह पनि गरे  ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार