टोकियो। नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उद्देयसहित  गैरआवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फ़ेस्टिवल यो वर्षदेखि नेपाली राजदूतबाससँग संयुक्तरुपमा गर्ने सहमति भएको छ ।

बुधबार, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र गैरआवसीया नेपाली संघ जापानका अध्यक्ष टासि वाङ्दी लामा विच,यो वर्षदेखि संयुक्तरुपमा नेपाल फ़ेस्टिवल आयोजना गर्ने विषयमा विभिन्न ९ बुँदामा  सहमति भएको हो ।

कार्यक्रममा, नेपाली दूतबास टोकियाका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, टिएन गिरी, प्रेम बराल तथा गैरआवासीय नेपाली सघंको तर्फबाट वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, उपध्यक्ष शिव प्रसाद पौडेल, महासचिव बुद्दीराज घिमिरे, प्रवक्ता पर्शुराम बस्नेत,सदस्य दिपक कँडेल तथा   नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको उपस्थिती रहेको थियो ।

नेपालीको पहिचानसंग गाँसिएको नेपाल फ़ेस्टिवल नेपाली दूतबाससंग सहमति भएपछि जापानबासी नेपालीहरुको ज़िम्मेवारी बढेको महशुस गरेको आयोजक मध्येका एक गैरआवसीया नेपाली सघंका अध्यक्ष टासि वाङदी लामाले बताए ।

(सहमती पत्र)

नौ बुँदे सहमति पत्रमा फेष्टिवलको ओयोजना र आर्थिक कारोबारको ज़िम्मा गैरआवसिया नेपाली सघं जापानले
लिने, जापान सरकार तथा नेपाल सरकारसँग संयोजन गर्ने ज़िम्मा नेपाली दूतबासले लिने सहमति भएको छ ।

टोकियो स्थित सेतागयाकु मा रहेको कोमाजावा ओलम्पिक पार्कमा हुने दुई दिने फेष्टिवलमा नेपाली कला, सस्कृति र नेपाली खानाहरुको २० स्टलहरु रहेने गैर आवशिया नेपाली सँघका वरिष्ठ उपाध्यक्ष तथा फेस्टिवल संयोजक देवीलाल भण्डारीले   जानकारी दिए ।

साथै, नेपाल फेस्टिवलमा  पहिलो पटक, नेपाल आईडलको ओपन कन्सर्टका  साथै जापानी कलाकार हरुको उल्लेख्य उपस्थिति रहने बताईएको छ । एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतका अनुसार, ११ औँ  नेपाल फेटिवल भब्यताका साथ सम्पन्न गर्न  एनआरएनए जापानले लामो समय देखी गृहकार्य गरिरहेको छ ।

यो वर्षको ११औँ  नेपाल फ़ेस्टिवल अगष्ट २५ र २६ तारिकमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार