११ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, १२ अगस्ट स्टल बाँडफाँड गरिने

कार्यक्रमको तयारीको क्रममा,बुधबार अध्यक्ष टासी वांग्दी लामाको अध्यक्षतामा  बसेको सचिवालय बैठकले, यहि अगस्ट १२ तारिख, आईतबार, दिउँसो २ बजे  एनआरएनए जापानको कार्यलयमा, फेस्टिवलको स्टलहरू नम्बर तोक्ने तथा  स्टल बाँडफाँड गर्ने कार्यक्रम तय गरेको बताईएको छ ।साथै स्टल लिएका व्यवसायी तथा   अन्य सरोकारवालाहरुलाई सो, कार्यक्रममा उपस्थित हुनका लागि अनुरोध पनि गरिएको छ । आयोजकका  अनुसार, फुड स्टल हरू ८०% तथा कमर्सीयल स्टल ९० % बुकिंग भईसकेको छ । यध्यपी अझै स्टल हरू राख्न इच्छुक कोहि छुटेको भए  छिटो भन्दा छिटो  आयोजक समितीलाई सम्पर्क गर्न  आग्रह  गरिएको छ ।

मेला संयोजक एवं एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीका अनुसार, थप प्रचार प्रसार को लागि, ११ तारिक एनआरएनए (NRNA)जापान कार्यसमिति, सल्लाकार परिषद् , मनार्थ परिषद् , फ़ेस्टिवल उपसंयोजकहरु , महिला फोरम, कान्तो ,राजनीतिकदल , पत्रकार महासंघ र जापान स्थित सँघसंस्थाका प्रमुखहरू संग दिनको ३ बजे फेस्टिवल तयारी सम्बन्धी कोमाजावा  पार्क मा विशेष बैठक बस्नेछ ।

त्यस्तै, एनआरएनए जापानका प्रवक्ता, पर्शुराम बस्नेतले,नेपाली  दुतावास  तथा एनआरएनए जापानको आयोजनामा हुने, ११ औँ, नेपाल फेस्टिवलका स्टलहरुबारे  जुनसुकै जानकारी चाहिएमा, 080 4717 4886‬(देवीलाल भण्डारी,मेला संयोजक तथा वरिष्ठ उपाध्यक्ष)080 6527 7479‬(शिव प्रसाद पौडेल, उपाध्यक्ष) 080 5672 4647 (सरोज कुमार खत्री,उपाध्यक्ष) लाई सम्पर्क गर्न सकिने जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार



ताजा खबर