टोकियो । जापानमा रहेका नेपाली चलचित्र कर्मीहरुले माओत्से गुरुङ फिल्म प्रोडक्सन प्रालि र टिम-ट्वान्टीको सहकार्यमा नयाँ नेपाली चलचित्र “साकुरा फेरी फुल्छ’ को निर्माण गर्ने भएका छन । कला क्षेत्रमा निरन्तर लाग्दै आएका ओम प्रकाश गुरुङको नेतृत्वमा २० जनाको टिमले लगानी गरि सामाजिक कथामा आधारित चलचित्र निर्माण गर्न लागिएको टिम-ट्वान्टीका श्री गुरुङले जानकारी दिए ।

जापानमा रहेका र कला क्षेत्रमै क्रियाशील रहेका कलाकारहरुका साथमा चर्चित निर्देशक, लेखक तथा अभिनेता माओत्से गुरुङको प्रमुख अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

हामी ब्यबसायका निम्ति चलचित्र निर्माण गरिरहेका छैनौ, नेपाली कला क्षेत्रको बिकास र प्रबर्धनको लागी राम्रो चलचित्र निर्माण गर्न गईरहेका छौ निर्देशक गुरुङले भने । करिब असी लाख येनको अनुमानित बजेट रहेको सो चलचित्रमा टिम-ट्वान्टीको लगानी रहने छ । यसै बीच चलचित्र “साकुरा फेरी फुल्छ” सनिबार देखि फ्लोरमा गएको छ ।

करिब एक महिनामा सुटिंग सकाउने उदेश्य राखेको चलचित्रको प्राबिधिक टिम समेत जापान कै छ । चलचित्रको पांच प्रतिसत दृश्य भने नेपालमा र बाँकी जापानको टोकियो आसपास छायान्कन गर्ने फिल्म युनिटले जानकारी दिएको छ ।

चलचित्रमा माओत्से गुरुङका अलावा, मधुसुधन भण्डारी, राजन पौडेल, राजन राई, नबराज गिरी ,सृस्टि थापा ,लाल शोभा गुरुङ,माया गुरुङ ,डी एस मल्ल ,ओम संगी गुरुङ ,खेम गुरुङ ,बिनोद गुरुङ ,मन बहादुर गुरुङ ,सन्तोष परियार ,प्रकास सिग्देल ,कबिता गुरुङ ,पदम गुरुङ ,सूचना राई ,सुरज राई सुमन पौडेल ,संजु ,सन्तोष स्याँदेन ,प्रकाश गुरुङ , रहेका छन ।

त्यस्तै प्रविन हिराचनको क्यामेरा रहने छ भने चर्चित कलाकार राजु याक्चाको मेक अप रहनेछ । कथा लेखन तथा निर्देशन ओम प्रकाश गुरुङ, सह-निर्देशन युक्तमान गुरुङको रहेको छ भने संगीत सर्बग्यमान बज्राचार्य र जितमान गुरुङको रहने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार