टोकियो । जापानका लागी नेपालका राजदुत प्रतिभा राणाले जापानमा रहेका बिज्ञ नेपाली समुदायको सिर्जनात्मक कार्यहरुले आफु खुसी भएको र यस्ता कार्यको नेपाली दुतावास सधै प्रोत्साहन गर्ने बताएकी छन ।

“नेपाल जापान डाईलग सिरिज” नामक बृहत अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी राजदुत राणाले खुसी व्यक्त गरेकी हुन ।

सो अन्तरक्रिया कार्यक्रम नेपालबाट जापानमा आएर अध्ययन,अध्यापन, अनुसन्धान,तथा बिभिन्न बिषयमा बिज्ञता हाँसिल गरि जापानलाई कर्मथलो बनाएका नेपालीहरु बीच गरिएको थियो।

सोहि कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै गैरआवसिय नेपाली संघका अध्यक्ष भवन भट्टले संसारकै उत्कुष्ठ प्रबिधि भएको देश जापानबाट नेपालीले धेैरै कुरा सिक्ने र अवलम्बन गर्ने अवशरको रुपमा लिनु पर्ने बताए । त्यस्तै नियोग उपप्रमुख कृष्ण चन्द्र अर्यालले अरु यस्तै प्रकारका थिमेटिक एरियामा छलफल हुनुपर्ने र यसलाई निरन्तरता होस भन्ने शुभकामना दिए ।

सो अन्तरक्रिया कार्यक्रममा ईहिमे बिश्वबिधालयका सहप्राध्यापक डा. नेत्रप्रकाश भण्डारीले नेपालको बर्तमान बिकासको मोडेल, यसमा रहेका कमि कमजोरी र चुनौतीहरुलाई तथ्यांङ्क सहित बिश्लेषण गरेका थिए ।

त्यस्तै केन्द्र बरुवालले नेपालमा रहेका नीतिगत तथा कार्यान्वयन पद्दतीमा रहेका कमजोरीहरु औल्याएका थिए । त्यसै गरि बिज्ञ बक्ताको रुपमा स्वीडेनको रोयल ईन्ष्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक डा. दिलिप खतिवडाले कृषिको आधुनिकीकरणको लागि कृषकलाई कसरी उत्प्रेसरित गराउने भन्ने सम्बन्धमा लाभांस बितरणको ब्राजिलियन मोडेल प्रस्तुत गरेका थिए । त्यसैगरि टोकियो सिटी यूनिर्भसिटीका प्राध्यापक डा. होम रिजालले शहरी दिगो बातावरिणीय सुधारको बिषयमा प्रस्तुतीकरण दिएका थिए ।

बिज्ञ बक्ताकै रुपमा नेपाल सरकारका सहसचिव,हाल जापानको मेइजी यूनिर्भसिटीमा अध्ययनरत गोकर्णमणी दुवाडी, चुकुवा बिश्वबिधालयका सहायक प्राध्यापक डा. जीत सापकोटा, कमनवेल्थ ईन्जिनियरीङ्ग कम्पनीका चिफ ईन्जिनियर डा. झविन्द्र घिमिरे, टोकियो बिश्वबिधालयका सहप्राध्यापक डा. भूवनेश्वर साह, सूचना प्रबिधि बिज्ञ चण्डी सुबेदी, नेपालसरकारका उपसचिव लक्ष्मी घिमिरे , भूकम्प प्रबिधि राष्ट्रिय समाजका निर्देशक गणेश जिमी लगायतले आफनो धारणा व्यक्त गरेका थिए ।

टोकियोको ईचिगाया स्थित जाईका ग्लोवल सेन्टरको हलमा सम्पन्न उक्त कार्यक्रमलाई अर्थ मन्त्रालयका उपसचिव, हाल टोकियो विश्वबिधालयमा अध्यनरत गगन बहादुर बि.केले सञ्चालन तथा सहजीकरण गरेका थिए ।

स्रोत: नेपालजापानडटकम


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार