टोकियो । आगामी २०७५ माघको २५ देखि फागुन ३ गते सम्म हुन गैरहेको आठौ राष्ट्रिय खेलकुदमा गैर आबसिय नेपाली संघको टोलीले पनि सहभागी जनाउने भएको छ ।राष्ट्रिय खेलकुद परिषद ले ७ ओटा प्रदेश ३ ओटा विभागीय टिम र एसपाली बाट गैर आबसीय नेपाली संघ (NRN ) को टिम गरि ११ ओटा टिम लाइ सहभागी गराउने निर्णय गरेको छ।
बिश्वका बिकशित देशहरुले खेलकुदको माध्यमबाट आफ्नो देशको आर्थिक बिकाश गरिरहेको र खेलकुद क्षेत्रले बिश्वको आर्थिक मेरुदण्डको हिस्सा ओगटी रहेको अबस्थामा नेपालले पनी खेलकुद क्षेत्रको बिकाश र विदेशमा रहेका नेपालीखेलाडीलाइ समेत समेट्दै प्रबाशमा रहेका करिब ६० लाख नेपालीको प्रतिनिधित्व हुने गरी गैरआबशिय नेपाली खेलाडीको पक्षमा न्याय गरेको र यो अवसरलाई NRN जापानले आफ्नो तर्फ बाट सम्भब भय अनुसार धेरै क्षेत्रमा सहभागी जनाउने जापानका अध्यक्ष टाशी वान्ग्दी लामाले बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिषदको पछिल्लो तथ्यांक अनुसार खेल क्षेत्रमा सम्भाबना बोकेका खेलाडीहरु अध्ययन, रोजगार लगायतक अवसरको खोजीमा पछिल्लो चरणमा विदेश पलायन हुनेहरुको संख्या बढी भएको र लामो समय प्रबाशमा रहेका नेपाली खेलाडी तथा प्रबाशमा नै जन्मिएका प्रतिभाशालि युबा पुस्ताका खेलाडी हरुलाई समेत अवसर दिएर खेल क्षेत्रलाइ अझै लोकप्रियता र व्यापक बनाउने उद्देस्यले एस पटक बाट गैरआबशिय नेपाली संघले सबै ७९ देशका ncc बाट खेलाडी छनौट गरि पठाउने परिपत्र आएकाले उल्लेखित खेल शिर्षकमा प्रदर्शन गर्न को लागी NRN जापानले पनि खेलाडी छनौट गरी पठाउने भएकाले डिसेम्बेर ३० तारिक भित्र जापानमा रहेका (नेपाल जापान फूटबल संघ , नेपाल जापान भलिबल संघ लागएतका सम्बन्धित विधाका खेलाडीले बायोडाटा सहित सम्पर्क गर्नका लागी सबैमा आब्व्हान गरेको NRN जापानका प्रबक्ता परशुराम बस्नेतले हामीलाई जानकारी गराउनु भयो ।
आठौ राष्ट्रिय खेलकुदमा समाबेश ३५ विधाहरु तपशिल बमोजीम रहेका छन।
१. फुटबल म /पु २ .एथलेटिक ३ .बक्सिङ्ग ४ .भारत्तोलन ५ .टेबल टेनिस ६ .क्रिकेट म / पु ७ .लन टेनिस ८ .पौडी ९ .सुटिंग १०. भलिबल म /पु ११. स्क्वास १२. तेक्वान्दो १३ .जुडो १४ .आर्चरी १५ .कबर्दी म /पु १६. खो खो म /पु १७ .ऊसु १८. बास्केटबल म /पु १९. ब्याडमिन्टन २०. साइक्लिङ्ग २१ .कराते २२ .कुस्ती २३ .फेन्सिंग २४. ट्रायथलन २५. प्याराग्लाइग्डिंग २६. गल्फ २७. ह्यान्डबल २८. बुद्धिचाल २९. सफ्टटेनिस ३०. आइ . टि. एफ .तेक्वान्दो ३१. सेपाकताक्र्रो ३२. जिम्न्यास्टिक ३३. शारीरिक सुगठन ३४, फुल कन्ट्याक्ट कराते ३५ .हक्की
उल्लेखित खेल विधामा आफुले उत्कृस्ट पर्दशन गर्न सक्ने खेलाडीले आफ्नो खेलको विधा खुलाई उक्त खेलमा एस अघि पर्दशन गरेको र प्राप्त गरेको उपलब्धि सहितको विवरण( curriculam vitae )आफ्नो देशको ncc ले संकलन गरी संघको खेलकुद समितिमा पठाउनु पर्ने र ncc बाट खेलाडीको विवरण प्राप्त भएपछी गैरआबसिय नेपाली संघको खेलकुद समितिले अन्तिम नामावली तयार पार्दै आठौ राष्ट्रिय खेलकुदमा यो पटक बाट NRN ले आफ्नो अफिसियल टिम लाइ आफ्नो परिचय कार्ड सहित सहभागी गराउने कुरा गैरआबसिय नेपाली संघका icc युबा संयोजक तथा खेलकुद संयोजक सुदन थापा ले बताउनु भयो ।
सम्पर्कको लागी :email -nrnanccjapan@gmail.com
08031782782 ,09093951843 ,08054581718
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




