टोकियो– जापानमा एक नेपाली युवाको आकस्मिक निधन भएको छ । केही महिना अघि मात्र पर्यटक भिसामा जापान आएका धनकुटा खोकु छिन्ताङ निवासी २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको छ । उनको मृत्यु के कति कारणले भएको हो भन्ने एकिन भैसकेको छैन ।
मातृसन्देश डट कममा प्रकाशित समाचार अनुसार राईको जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा सामान्य अवस्थामा साँझको खाना खाएर सुतेकै अबस्थामा आइतबार आकस्मिक निधन भएको हो । मृतक राईको के कारणले निधन भएको हो भन्नेबारे कारण खुल्न सकेको छैन ।
किरात राई यायोक्खा जापानका सल्लाहकार संजीव राईले बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेर सामान्य अवस्थामा सुतेको राईको बिहान उठाउदा नउठेपछि हेर्दा मुत्यु भैसकेको उनका साथीले जानकारी दिएको जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार