टोकियो ।  बि सं २०५६ सालदेखि औपचारिक सांगितिक यात्राको सुरुवात गरेका लोकप्रिय गायक युवराज आचार्य अहिलेसम्म पनि निरन्तर लोक तथा दोहोरी गीतको सिर्जना र  साधनामा अनवरत लागिनै रहेका छन् । 

 २०५६ सालमा ‘जालमा परियो’ भन्दै आएका आचार्य यसपाली (२०७५ मा ) ‘जन्ती’ सम्म आईपुग्दा लगभग २ दशकको सांगितिक यात्रामा उकाली चढिरहेका छन् । २० भन्दा बढि एकल एल्बम निकालीसकेका उनले अरुका धेरै एल्बमहरुमा थुप्रै उत्कृष्ट तथा लोकप्रिय गीतहरु गाएका छन् । 

नेपाली लोक तथा दोहोरी गीतको मुलधारमा  रही उत्कृष्ट एवं  सयौँ लोकप्रिय सांगितिक सौगात तपाईँ हामी माँझ पस्किसकेका आचार्य विगत ७ वर्षदेखि जापानमा छन् । त्यसो त जापानको व्यस्थता पनि उनको सांगितिक यात्रा भने कहिए कतै सुस्ताएको छैन, धेरै थोरै निरन्तरता दिईनै रहेका छन् । उनै सफल अनि लोकप्रिय स्रष्टा युवराज आचार्यसंग हामीले टोकियोमा केहि विशेष कुराकानी गरेका छौँ । आउनुहोस् हेरौँ उनिसंगको यो खास अन्तरवार्ता

https://youtu.be/CQMPU4cHenU


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार