टोकियो । जापानमा ब्यवसाय गरिरहेका तथा जापानमा बसोबास गर्ने नेपालीहरुको लागि ईन्सुरेन्स, लगानी, भिसा लगायतका विषयहरुमा सजिलोसँग बुझाउन विज्ञहरुसँग अन्तरक्रियात्मक सेमिनार सम्पन भएको छ ।
नेपाली ब्यवसाय संघ जापानको आयोजना तथा एनआरएनए जापानको सह-आयोजनामा गरिएको अन्तरक्रिया सहितको सेमिनारमा जापानमा रहेको नेपाली लगानीकर्ताको व्यवसाय कसरी बढाउन सकिन्छ ? जापानको करप्रणाली एवं जापानले विदेशीलाई दिने भिसा प्रकृया, बैङबाट लिन सकिने ऋण बारेमा जानकारी सहित अन्तरक्रिया गरिएको थियो ।
जापान सरकारले विदेशीलाई दिने भिषाको बारेमा टाकुया कानेकाले जानकारी दिदै, जापानको भिसा विदेशीलाई दिन कडाई गरेको भन्दै विभिन्न प्रावधानहरु थपिएको बताउँदै, होकेन, ट्याक्स समयमा नै भुक्तानी गर्ने सहित ब्यबहार पनि हेर्ने हुँदा जापानीले जस्तै सोच्दै त्यहि अनुसारको काम गर्न अनुरोध गर्नुभयो । उहाँले ख़राब बानी भएका जापानीहरु पनि धेरै भएकाले सहि र लाईसेन्स लिएकाहरुसँग बुझेर काम लिन अनुरोध पनि गर्नु भयो ।
यसैगरी जापानमा व्यवसायीहरुको सहयोगको लागि जापानमा रहेको डाटा बैङको बारेमा यामामोतो सुईसिले जानकारी दिनुभयो , वहाँले डाटा बैंकले ब्यवसायी को रेटिङ गर्ने र जापानमा रहेको ब्यवसायीको रेकर्ड राख्ने लगायतको जानकारी दिनुभयो ।
यसैगरी ब्यवसायको लागि बैङबाट लिने सकिने ऋणको बारेमा खाजुकि सेराईले जानकारी दिनुभयो । वहाँले अहिले जापान सरकारले मनि लङड्रिङको कानुनले गर्दा खाता खोल्न निकै गारो भएको जानकारी दिदै सबै तयारी गरेर बैङमा जान सल्लाह दिनुभयो । उहाले बैङबाट ऋण लिन सजिलो भएपनि तयारी भएन भने नदिन पनि सक्ने जानकारी गराउदै ऋणको लागि कुनै पनि कम्पनिको भेदभाव नहुने पनि प्रस्ट पार्नुभयो ।
त्यसै गरि ओगावा बुन्केईले जापानमा सरकारले लगाउने करहरुबारे जानकारी गराउनुभयो । बुन्केईले, जापानमा कम्पनी र ब्यक्ति दुबैको करबारे दुई तरिकाको व्यवस्था रहेको जानकारी दिदै सरकार र आफु बस्ने नगरपालिकालाई गरी भिन्न – भिन्न कर तिर्नु पर्ने बताउनुभयो ।
“एकता ब्यवसायिकता र उद्दमशिलता, हाम्रो प्रतिबद्धता” भन्ने उदघोष् सहित शनिबार सम्पन्न भएको सेमिनारको
प्रमुख अतिथि जापान स्थित नेपाली दूतबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको रहनु भएको थियो । नेपाली ब्यवसाय संघ जापानका अध्यक्ष विजय थकालीको अध्यक्षतमा भएको कार्यक्रममा ब्यवसायको बारेमा महेश श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संचालन सघंका महासचिव पुष्कार जङ थापाले गर्नु भएको थियो ।
सेमिनारमा सहभागी भएका जापानी विज्ञहरु सहित कार्यक्रममा सहभागिको तर्फबाट तिलक मल्ल र मोहन पौडेल, बोल्नु भएको थियो । सेमिनारमा जापानी र नेपाली भाषा अनुवादन रविशु भन्डारीले गर्नुभएको थियो ।
जापानमा ब्यवसाय गरिरहेका नेपालीहरु तथा अन्य विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको समारोहमा, बक्सिङ खेलाडी म्याक्स बस्नेतलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




