गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले नेपाली नया बर्ष २०७६ को उपलक्ष्यमा धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गर्ने घोषणा गरेको गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंग कप भलिबल प्रतियोगिता गर्ने भएको छ।
धुर्मुस सुन्तली फाउण्डेसन द्वारा चितवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग पर्याउने उदेश्यले केही समय पहिला आर्थिक अभियान संचालन गरेको क्लवले बिभिन्न समयमा बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले बिभिन्न बिषयमा आर्थिक संकलन अभियान संचालन गरिरहने अबस्थालाई मध्यनजर गर्दै पुर्वघोषित कार्यक्रमलाई परिमार्जित गर्दै मैत्रीपुर्ण भलिबल प्रतियोगिता र त्यसको आयबाट धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने संयुक्त योजना घोषणा गरेको छ।
स्थापना कालदेखि हरेक नेपाली नया बर्ष र क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लव टोकियोले नेपालको राष्ट्रीय खेल भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।जापानमा रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रस्फुटित गर्ने तथा एक अर्कामा मित्रता बिस्तार गर्ने उदेश्यले मैत्रीपुर्ण भलिबल प्रतियोगिता गर्दै आए पनि गत बर्षबाट शुद्ध चाँदीको कप पनि थप गर्दा प्रतियोगिताको अर्को आकर्षण बन्न गएको थियो ।जसको प्रायोजक दीपिका ईण्टरनेशनलका चन्द्र खत्री र छम खत्रीले आफ्ना स्वर्गीय हजुरबुवा तथा हजुरआमाको स्मृतिमा प्रदान गर्नु भएको थियो।
अप्रिल १७ तारिक टोडा स्पोर्ट्स सेण्टर साईतामामा आयोजना गर्न लागिएको यस प्रतियोगितालाई अनुशासित तरिकाले भव्य रुपमा सम्पन्न गर्नका लागि क्लवले बिभिन्न बिधामा कार्यबिभाजन गरेर जिम्मेवारी प्रदान गरेको छ।जसमा मुल आयोजक समिति संयोजक रत्नसिंह बस्नेत,आर्थिक संकलन संयोजक महेन्द्र साहनी,हल ब्यबस्थापन संयोजक बिजय भण्डारी,रेफ्री,एम्पाएर ब्यबस्थापन संयोजक देवेन्द्र खत्री
प्रचार प्रसार संयोजक लक्ष्मण कार्की,अतिथी निमन्त्रणा सम्मान सत्कार संयोजक दुर्गाबहादुर खत्री ,खेलाडी ब्यबस्थापन संयोजक भवीन थापा लगाएत रहनु भएको छ।
आयोजकले प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी यन चालीस हजार तोकेको छ भने पुरस्कार राशी क्रमश प्रथम तीन लाख यन नगद प्रमाण पत्र,मेडल र सिल्भर कप तथा द्वीतीय दुईलाख यन नगद प्रमाण पत्र,मेडल साथै पाँच छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गर्ने पनि क्लवले घोषणा गरेको छ।जापानमा रहने सम्पुर्ण भलिबल प्रेमी तथा देश प्रेमीहरुलाई आर्थिक नैतिक भौतिक सहयोग गरिदिन र प्रतियोगितामा सहभागी हुनका लागि पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले अनुरोध गरेको छ।
अन्य बिस्तृत जानकारीका लागि फोन नं ०९०६५३४८७१३(090 6534 8713)
या क्लवको gmail address: galkotsportsclub@gmail.com मा सम्पर्क गर्न सकिने समेत जानकारी क्लवले गराएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार