टोकियो । जापान बस्ने हामी त सबै ओनिगिरीसँग एक किसिमले राम्रोसँग परिचित नै छौँ । यसका अलवा जापान आउन चाहने र जापानका खानाहरुका बारेमा चासो राख्ने व्यक्तिहरु पनि ओनिगिरीलाई नजिकबाट चिन्नुहुन्छ होला । कतिलाई त जापानको एकदमै मन पर्ने परिकार मध्येको एक पनि हुनसक्ला । तर कन्भिनियन्स स्टोरमा राखिएका आकर्षक र मिठा ओनिगिरीका बारेमा तपाईसँग भएको जानकारी पर्याप्त नहुन पनि सक्छ । हामीले केहि खोज्ने प्रयास गरेका छौं । आउनुस् केहि मिनेट थप बुझौँ ।
ओनिगिरी (お握り)चामलको भातबाट बानाईनै जापानीज विशेष परिकार हो । साधरणतय, ओनिगिरि, पराम्परागतरुपमा, नोरि (खान योग्य समुद्री बनस्पती) ले बेरिएका, त्रिकोणात्मक,बाटुला र केहि गोलो आकारका हुने गर्दछन् । यसलाई ओमुसुबी(お結び) तथा ओनिगिरी मेसी (お握り飯)पनि भन्ने गरिन्छ । औनिगिरि सादा भातको डल्लो मात्र भने होईन । औनिगिरिमा विभिन्न मसला तथा अचारहरु राखिएको हुन्छ ।जस्तै, उमे,तिल,माछा तथा मासुका पिरिकारहरु,खाचुबोसी,कोम्बु तथा अन्य नुनिलो एवं अमिलो जन्य पदार्थहरु । खासगरी जापानीहरु ओनिगिरीलाई फास्टफुटकौ रुपमा प्रयोग गर्छन् । केहि जापानीहरुको बिचारमा,ओनिगिरीको विशेषता तपाई यसलाई खाजा र खाना दुबै रुपमा प्रयौग गर्न सक्नुहुन्छ । त्यौ कसरी त भन्दा, एउटा खाए खाजा एक भन्दा बढि एकै पटक खाए खाना ।
अर्थ यसरी बुझ्न सकिन्छ ।
ओनिगिरी (お握り) にがりभन्ने शब्दमा お भनिने शब्द , (जापानी भाषालाई शिष्ट बनाउनका लागि प्रयोग गरिने शब्द ) को संयोजनबाट बनेको छ । にぎり को अर्थ नेपालीमा भन्दा दुबैतिरबाट थिच्नु या अचेट्नु हो । यसलाई पनि बोलिचालीमा शब्दस:अर्थ खोज्ने हो भने डल्लो पारिएको भात या दुवैतिर बाट अठ्याईएको भात भन्ने बुझ्दा ख़ासै फरक पर्दैन ।

कहिले बाट सुरु भयो त जापानम ओनिगिरीको चलन ?
११औँ शताब्दीका केहि परम्परा विदहरुका अनुसार त्यतिखेर बाट ओनिगिरिको शुरुवात भएको थियो । त्यो समयका मानिसहरु पनि भातलाई डल्लो बनाई आउटडोर पिकनिकहरुमा लैजाने गर्थे । तर त्यतिखेर त्यसलाई ओनिगिरी नभनी तोन्जिकी भन्ने गरिन्थ्यो । त्यसै गरी एक अर्को लेखमा, १७ औँ शताब्दीमा,सामुराईहरुले युद्धको समयमा पनि भातका डल्लाहरुलाई बाँसका ढुङग्राहरुमा राखी प्रयोग गर्ने गरेको भनि उल्लेख गरिएको पाईन्छ । यी विविध भनाईहरु भएता पनि ओनिगिरिको शुरुवात नारा पिरियड (सन् ७१० -७९४)बाट भएको हो भन्ने गरिन्छ । यसरी नारा पिरियडबाट औपचारिकता पाएको भनिएको ओनिगिरी एदो पिरियड( सन् १६०३ – १८६८)सम्म आईपुग्दा जापानी समुदायमा फास्टफुडको रुपमा विकसित भईसकेको देखिन्छ । समयसँगै मानिसहरुको स्वादमा आएको भिन्नतामा आधारित हुँदै हालको विभिन्न स्वाद सहितको ओनिगिरीमा परिणत भएको मान्यता भेटिन्छ ।

यसरी सामान्यरुपमा भातको डल्लो बनाई आफुलाई पायक पर्ने समयमा खाने पराम्पराले आज जापानको फास्टफुड परिकारहरुमाझ निक्कै ठुलो क्षेत्र ओगट्न सफल भएको छ । हाल हरेक कन्भिनियन्स स्टोरहरुमा आधुनिक ओनिगिरीहरुले सान बडाईरहेकाछन् । सामान्य भातको डल्लोले, दैनिक लाखौँको कारोबार र हज्जारौको संख्यामा रोजगार सिर्जना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




