टोकियो । गत बर्ष जस्तै यस वर्षपनि जापानको टोकियोमा निःशुल्क स्वास्थ्य जॉच तथा परामर्श शिविर हुने भएको छ । 

शिविर, टोकियो महानगरपालिकाको प्राविधिक सहयोग, एनआरएनए जापान र एनविए( नेपाली व्यवसायी संघ)को विशेष सहयोगमा आसा(  ASHA- Affordable and Sustainable Healthcare Access) आयोजनामा, ओगिकुबो स्थित एभरेष्ट ईन्टरनेशनल स्कुलमा  हुने छ । शिविर यहि मार्चको २१ तारिक बिहिबार बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म हुने सहयोगी संस्था एनआरएनए जापानकी महिला सदस्य सृजना ज्ञवालीले बताउनु भयो ।

नेपाली तथा जापानी चिकित्सकहरुको संलग्नतामा हुन गैरहेको स्वास्थ्य शिविरमा बिरामीको रोगको अवस्था हेरेर छातिको एक्स रे, इ .सि .जी., मुटुको भिडियो एक्स रे,मधुमेह रोगको जाँच र दन्त परिक्षण सेवा नि:शुल्क उपलब्ध हुने आयोजककोतर्फ बाट डा.बिजय ज्ञवालीले जानकारी दिनु भयो ।

महिला सम्बन्धित रोगको लागि शिबिरमा एकजना नेपाली महिला चिकित्सकले  पनि सेवा दिनुहुने ,साथै आवश्यकता अनुसार बिरामीलाई नि:शुल्क रिफर पत्र उपलब्ध गराइने संयोजक डा.प्रकाश शाक्यले जानकारी दिनु भयो ।

शिविरमा आवश्यक सेवा लिन र लिनजान आ-आफ्नो तर्फबाट सहयोग गरिदिन, जापानवासी नेपाली समुदायलाई  एनआरएनए जापानका अध्यक्ष टाशी वाङदी लामाले अनुरोध गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार