टोकियो । जापानी भाषा पढ्दै हुनुहुन्छ या जापानमा हुनुहुन्छ ? अथवा भाषा पढिसकेर राम्रै बोलिचाली गर्न सक्ने भईसक्नुभएको छ ? तपाई यि जुनसुकै क्याटेगोरीको हुनुभए पनि खान्जिसंग सम्बन्धित यि १० तथ्यहरु पढ्नुहोस् । जस्ले तपाईलाई जापानी भाषाको मुटु खान्जिको बारेमा आफ्नै धारणा बनाउन मद्दत गर्दछ ।

१.खान्जी(漢字)जापानी भाषाको तीन बर्णमाला मध्ये एक गाह्रो वर्णमाला हो ।जापानी भाषामा तिन लिखित वर्णमालाहरु छन् ,ति हुन् हिरागाना(ひらがな)काताकाना(カタカナ) र खान्जी

 २.(漢字)खान्जि ५ औँ शताब्दीमा चीनबाट प्रयोगमा आउन थालेको बताईन्छ ।

 ३.आधुनिक जापानीज भाषामा हिरागाना र खान्जी दुबै मिलाएर वाक्य बनाईन्छ ।( जापानीज वाक्यहरुमा हिरागाना र खान्जिको संयोजन भएको पाईन्छ कतै कतै त काताकाना पनि प्रयोग भएको भेट्न सकिन्छ ।उदाहरणका लागि 今日は いい 日 ですね क्योउ वा ई हि देसने (आजको दिन एकदम राम्रो छ, नि है ! ) यो वाक्यमा 今日 क्योउ र 日 हि यि दुई खान्जि हुन् भने बाँकी हिरागाना ひらがな प्रयोग भएका छन् ।

 

४.केहि खान्जि एउटै भए पनि त्यसको उच्चारण एक भन्दा बढी हुन्छ । र उच्चारण अनुसारकै फरक अर्थ पनि हुने गर्दछ । सामान्यत यो अन्यभाषामा त्यति लागु हुँदैन ।आधरभुतरुपमा ओनयोमी 音読み र 訓読みकुनयोमी दुई तरिकाबाट उच्चारण गर्ने गरिन्छ । जस्तै : यो खान्जि 月 गेचु (कुनयोमी) र चुकि (ओनयोमि) यहाँ एउटै खान्जी को उच्चारण २ फरक तरिकाले गरिएको छ र सोहि अनुसार अर्थ पनि फरक छ । पहिले ‘गेचु’ – महिना भन्ने अर्थ दिन्छ भने दोश्रो ‘चुकि’ भन्नाले चन्द्रमा या जुन भन्ने अर्थ दिन्छ ।

 ५.खान्जि लेख्दा वाक्य पूर्ण बनाउन अधिकाँस खान्जिको पछाडि हिरागाना ひらがな का कुनै शब्द जोडिन्छ, जस्लाई ओकुरीगाना (送り仮名)भनिन्छ । यो खान्जि लेखनको एउटा अभिन्न पाटो हो । जस्तै माचुरी 祭りयहाँ 祭 यो खान्जिलाई पुर्णता दिन り लेखिएको छ,जुन ひらがな हो,जापानीज भाषा पढ्दै जाँदा यस्ता वाक्यहरुसंग हरेक पटक जम्काभेट हुन्छ जहाँ 送り仮名 ओकुरीगाना प्रयोग भएको हुन्छ ।

 ६.केहि खान्जी सहि उच्चारण गर्न कठिन पर्ने हुन्छ, अर्थात गाह्रो हुन्छ । त्यसैले खान्जिलाई पढ्न सजिलो होस भनेर खान्जि शब्द माथी ひらがな मा उच्चारण लेखिएको हुन्छ जसलाई फुरीगाना(振り仮名) भनिन्छ ।

 ७.खान्जि चाईनिज लिपी भएता पनि, १ भन्दा बढी आधरभूत खान्जिहरुको संयोजनबाट जापानीभाषाम् केहि नयाँ खान्जिहरुको प्रतुत्पादन पनि भएका छन् । जसलाई कोकुजी (国字) भनिन्छ । जस्तै तोउगे 峠 तथा हाताके 畑 लाई लिन सकिन्छ । 国字 को ओनयोमि हुँदैन ।

 ८.शिनजिताई (新字体):कठिन खान्जिबाट सरलिकरण गरि उहि अर्थ दिनेगरी बनाईएको खान्जिहरु 新字体 हुन् । जस्तै 龍 लाई सरलिकृत गरि बनाईएको खान्जि 竜 र्यु जसको अर्थ ड्रागन हो ।

९.खाकिज्युन( 書き順) : यो सहि तरिकाले खान्जि लेख्ने तरिका हो । खान्जि लेख्दा पहिले कुन धर्को कताबाट कता लेख्ने वा तल माथि कताबाट लेख्ने जस्ता कुराहरु पूर्वनिर्धारित नियम अनुसार हुनुपर्दछ । अन्याथा लेख्न चाहेको भन्दा गलत वा अर्कै अर्थ दिने अक्षर पनि बनिदिन सक्छ । र यस्लाई हिचुज्युन (筆順)पनि भनिन्छ ।

 १०.श्योदोउ (書道) : यो जापानी कागजमा मसी र कुचीको साहयताले खान्जि लेख्ने कला हो । जस्लाई हामी क्यालिग्राफीको रुपमा बुझ्न सक्छौँ । जापानी विद्यालयहरुका विद्यार्थीलाई यो पाठ्यक्रम अन्तर्गतनै सिकाईएको हुन्छ ।

 

प्रस्तुतकर्ता: राजन गौतम् (लेखक जापानमा पत्रकारिता संगै  प्रतिष्ठित जापानी कम्पनीमा एचआर तथा प्रमोशन म्यानेजरकोरुपमा कार्यरत छन् )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार