टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले चिवा क्षेत्रीय समिति गठन गरेको छ ।
आइतवार एक भेला गरी क्षेत्र विस्तार गरेको हो, सो भेलाबाट विष्णुप्रसाद सुबेदी संयोजकमा चयन हुनू भएको छ ।उप-संयोजकहरुमा सुरज राई र राजन भट्टराई र महिला उप-संयोजकमा लक्ष्मी केसी,सचिबमा समीर खड़का,सह-सचिबमा गुनराज शर्मा,कोषाध्यक्षमा मुक्तिराज रेग्मी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा राजु पौडेल,मन्जु गिरी,दिनेश गौतम,शंकर सूबेदी,पिताम्बर गौतम चयन हुनु भएको छ ।
बढ्दो नेपालीहरुको संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै क्षेत्र विस्तार गरेको हो । यस क्षेत्र विस्तार कार्यक्रममा एनआरएनए जापान कान्तो क्षेत्रले विशेष सहयोग गरेको थियो ।चिवामा तदर्थ कमिटि गठन गर्न उपाध्यक्ष शिव प्रसाद पौडेलको संयोजनमा भेला सम्पन्न भएको थियो ।
एनआरएनए जापानको अध्यक्ष टाशी वाङदी लामाको प्रमुख आतिथ्यतामा भएको भेलालाई सचिव जनकबिक्रम शाहीले संचालन गर्नु भएको थियो ।कार्यक्रममा, एनआरएनए आइसीसी सदस्य महेश श्रेष्ठ,एनआरएनए जापानका उपाध्यक्ष सरोज खत्री ,महासचिव बुद्धि राज घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




