टोकियो । नेपाली नया बर्ष २०७६ तथा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला गरिएको छ।हरेक बर्ष प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यो कार्यक्रमको आयबाट धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगाशाला निर्माणमा सहयोग गर्ने छ।
नेपालको राष्ट्रीय खेल भलिबलको माध्यमबाट जापानमा रहने सम्पुर्ण भलिबल प्रेमीहरुलाई आफ्नो प्रतिभा देखाउने र एकअर्कामा भातृत्व कायम गर्नका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले बिगत आधा दशक देखि उल्लेख्य भुमिका खेल्दै आएको छ।
प्रतियोगितामा सहभागिताका लागि मार्च २५ देखि अप्रिल १० सम्म समय सिमा तोकिएको छ। दर्ता शुल्क जापानी यन ४०००० तोकिएको छ।भने पुरस्कार राशी क्रमश प्रथम र द्वितीयलाई जापानी यन ३०००००र २००००० रहेको छ।बिगतमा पाँच छुट्टा छुट्टै बिधामा खेलाडी सम्मान गर्दै आए पनि यो बर्ष छ बिधामा सम्मान गरिने समेत क्लवले जानकारी गराएको छ।
गल्कोट स्पोर्ट्स क्लव टोकियोको यस प्रतियोगितामा शुद्ध चाँदीको कप दिपिका ईण्टरनेशनल जापान का चन्द्र खत्री र छम खत्रीले प्रायोजन गर्नु भएको छ भने मुख्य प्रायोजक गल्कोट समाज जापान रहेको छ।निरन्तर रुपमा क्लवलाई माया गर्ने सुमेघ टुर्स एण्ड ट्राभल्स,आत्मराम शर्मा लगाएतका संघसंस्था एवं ब्यकितहरुको पनि यस प्रतियोगितामा आर्थिक सहयोग रहेको छ।
प्रतियोगितामा अग्रिम दर्ता हुने १५ टीमलाई मात्र सहभागि गराईने छ।जापानमा रहेका संघसंस्था कल्व लाई बिभिन्न माध्यमबाट पत्राचार गर्ने कार्य गरिए पनि कुनै कारणबस् पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधारमानी सहभागी हुन गल्कोट स्पोर्ट्स क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक लक्ष्मण कार्कीले अनुरोध गरेका छन् ।
कार्यक्रमको मिती/ स्थान र समय लगायतका बारेमा तलको पत्रमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




