७ जुन, टोकियो । जापानको टोकियोमा रहेका नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । टोकियोको सिनओकुवो स्थित नेपाली मुरा  हलमा सम्पन्न कार्यक्रम, “आत्महत्या रोकथाम अभियानका अभियन्ता तथा क्लिनिकल मनोविज्ञ डा.विजय ज्ञवालीले आयोजना गरेका हुन् । डा ज्ञावलीका अनुसार, वैदेशिक रोजगार, अध्ययन र अन्य शिलशिलामा जापान आउने  नेपाली युवाहरुको संख्या बढेसँगै यहाँ समस्याहरु पनि बढ्दै गईरहेको छ । सोहि बढ्दो समस्या न्युनीकरणका लागि यो कार्यक्रम आयोजना गरिएको  हो ।
कार्यक्रममा जापानमा बिभिन्न पेशा, ब्यवशाय र अध्ययनमा संलग्न  २७ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तालिम अबधिमा नेतृत्व  बिकाश , मनोबैज्ञानिक सहयोग जस्ता विषय बस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिम मा सिकेको शिप लाइ सहभागी हरुले अन्तिममा नाटक मार्फत प्रस्तुत गरेका थिए ।  जापानमा आइ विभिन्न पेशा र कर्ममा लागेका व्यक्तिहरुलाई दिइएको उक्त तालिममा  डा.ज्ञवाली स्वयमले प्रशिक्षण दिएका थिए । कार्यक्रममा समाजमा विभिन्न विधामा रही काम गरिरहेका  अग्रज , महिला , व्यवसायी, कर्मचारी र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तालिम पश्चात   ज्ञवालीले आफु प्रशिक्षक भए पनि आफुले सहभागीहरुको आत्मबिश्वासबाट धेरै ठुलो शिक्षा पाएको र सिकाउने भन्दा सिक्ने हुट हुटी बढेर गएको प्रतिक्रिया दिएका थिए ।

 

 

 

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार