टोकियो । जापानको मुख्य कन्भिनियन्स स्टोर मध्येको एक – फ्यामिलीमार्टले, मंगलबारबाट, स्वचालित प्रविधिको  प्रयोगको परिक्षण प्रसारण शुरु गरेको छ । 

यस प्रविधिको प्रयोग पश्चात सामान किन्न ग्राहक र पसलका कर्मचारीहरुको प्रत्यक्ष भेट जरुरत पर्नेछैन । ग्राहकले आफुले चाहेको सामान लिएर निश्चित तोकिएको रजिस्ट्रारमा गई आफैँ हिसाव  गरी, तोकिएको पैसा तिर्न सक्दछन् । 

यो प्रविधि जापानमा केहि पसलहरुमा पहिलेदेखिनै प्रचलनमा त छन् तर हाल   फ्यामिलीमार्टले परिक्षण गरेको, पानासोनिक कर्पोरेसनले विकास गरेको प्रविधि अरु भन्दा अझ,सहज र विकसित रहेको बताईएको छ । यस प्रविधिले,   एकपटक रजिस्ट्रर गरिएको ग्राहकको अनुहार तथा तस्बिरको विश्लेषण गरि पहिचान गर्नेछ । जस्तै ग्राहकले आफ्नो अनुहार र क्रेडिकार्डको जानकारी एक पटक रजिस्ट्रर गरेपछि उक्त मेसिनले सहजै पहिचान गरी किनमेललाई सहज बनाईदिने छ । 

यो प्रविधि  मंगलबारबाट पहिलो पटक एकोहामा स्थित एक स्टोरमा  सुरु गरिएको छ ।  सुरुमा यसमा परिक्षणका लागि १ हजार ग्राहकलाई समेट्न सक्ने बनाईएको छ । यदि यो परिक्षण सफल भएमा, यो प्रविधिको देशभर प्रयोग गरिने छ ।  फ्यामिमार्ट कम्पनीका ताकासी सावादाले भने – ‘केहि प्राविधिक समस्याहरु देखिन सक्ने भए पनि आफुहरुले सुरुगरेको यस प्रविधिमा त्यि सबै समस्याहरुको समाधान हुनेमा ढुक्क रहेका छौँ ‘। 

जापानमा पछिल्लादिनमा बढ्दो श्रमिक अभावको समस्या न्युनिकरण गर्ने उदेश्यले यस्ता स्वचालित प्रविधिहरुका उपयोगलाई तीव्र बनाईँदै लगिएको छ । यस अघिनै अर्को मुख्य कन्भिनियन्स स्टोर सेभेन ईलेभेनले, एनईसी कर्पोरेशसंगको सहकार्यमा यस किसिमको प्रविधिको परिक्षण गरिरहेको छ भने, लसोनले पनि जुलाईबाट सुरु गर्ने बताईएको छ । लसोनले आगमी अक्टोबरबाट देशभरका आफ्नो १४ हजार स्टोरहरुमा  स्वचालित प्रविधिको उपयोग गर्ने बताएको छ ।

यदि समस्या रहितरुपमा यो परिक्षण सफल भएमा जापानका कन्भिनिन्स स्टोरहरुमा हाल देखिएको श्रमिक अभावको समस्या टर्नेछ । 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार