टोकियो ।   नेपाली नयाँ वर्षको अवसरमा धादिङ् समाज जापानले  आयोजना गर्ने भनिएको न्यु ईयर म्युजिकल मेला  तत्कालका लागि स्थगन गरिएको छ । 

समाजले , सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणार्थ   यहि अप्रिल २१ तारिख टोकियोमा न्यु ईयर म्युजिकल मेला आयोजना गर्ने  तयारी गरेको  थियो ।  समाजका अध्यक्ष कृष्ण प्रसाद खनालका अनुसार , आन्तरिक  तथा प्राविधिक तयारीका लागि थप समय लाग्ने भएकाले अर्को मिती तय  नभएसम्मका लागि स्थगन गरिएको हो । 

त्यस्तै, नेपालन्युजपोस्टसँग  कुराकानी गर्दै, समाजका महासचिव बिमल श्रेष्ठले भने – ‘पूर्वनिर्धारित समयमा कार्यक्रम आयोजना हुन नसक्दा, सम्बन्धित वर्गमा पर्न गएको असुविधाप्रति  क्षमा याचना गर्दछौँ , साथै चाँडो भन्दा चाँडो कार्यक्रमको नयाँ  मिती सार्वजनकि गरि कार्यक्रम आयोजना गर्नेछौँ ।’ 

समाजले ,तोकिएको समयमा कार्यक्रम आयोजना हुन नसके पनि समाजले राखेको सडक सुरक्षा सचेतना तथा आपतकालिन् राहतकोष निर्माणको उदेश्य पुरा गर्न चाँडै  भव्य कार्यक्रम गरिने बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार