टोकियो । २५६३औं बुद्घ जयन्तिको अवसरमा गैरआवासीय नेपाली संघ जापानले  टोकियोमा भव्य शान्ति र्याली को आयोजना गरेको छ ।विगतका केहि वर्षहरुमा भने,नेपाल जापान युथ क्लब र विई फ़र अल दुई सामाजिक सँस्थाहरुको आयोजनामा उक्त र्यालि हुँदै आएको थियो ।

केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजक को विश्वास छ ।  यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गरेका थिए ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित  आईतबार  टोकियोको हिबिया  पार्क बाट गिन्जा सम्म पदयात्रा गरिएको थियो । र्याली हिबीया पार्कबाट दिउसो १३:३०बजे सुरु भएको थियो ।

बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी भएको  अध्यक्ष टासि वाङदी लामाले बताउनु भयो  ।सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि संगै प्रदर्शन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार