राजन गौतम/टोकियो । हामी मध्ये धेरैलाई थाह छ कि, जापानी येन १० हजार,५ हजार तथा १ हजारका नोटहरु छाप्नका लागि नेपाली कच्चा पदार्थको प्रयोग हुँदै आएको छ ।

जापानको आफ्नो उत्पादनले आवश्कता पुरा गर्न नसकेपछि, सन २०१० देखि नेपालबाट परम्परागत उत्पादनमा आधारित लोक्ताको एक प्रजाती  (जो, नेपाली कागज उत्पादनमा प्रयोग हुन्छ) को आयात गर्दै आएको छ ।
साथै यो आयातको क्रम अव सन २०२४ वाट जारी हुन लागेका नयाँ नोट छाप्नका लागि अझ बढि हुने बताईएको छ । नेपालको उच्च पहाडी तथा हिमाली भेगमा पाईने लोक्ता( अर्गेली Oriental paper bush – Edgeworthia chrysantha ) जातको बनस्पती यसको कच्चा पदार्थ हो ।यो प्रजातीको  लोक्ताबाट बनेको कागज अन्य कागजको तुलनामा टिकाउ तथा उच्च गणस्तरीय हुने विज्ञहरुको अनुसन्धानले देखाएको छ, फल स्वरुप जापानले आफ्नो देशको नोट छाप्न वर्षौँदेखि यहि कागजको प्रयोग गरिरहेको छ ।

कसरी आउँछ त नेपाली कागज, जापानमा ?
कान्पो नामक कम्पनीको संयोजनमा, नेपाली कागज जापान आयात भईरहेको छ । यसरी जापान आयात हुने कागजहरु नेपालका मध्ये पूर्वी भागहरुको २ हजार मिटर उचाईमा त्यहाँका स्थानिय कृषक तथा संकलकहरुको माध्यमबाट संकलन गरि, उनिहरुबाट नै प्रशोधन गरिन्छ । यसले उच्च पहाडी जिल्लाका स्थानियहरुको आय आर्जनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसरी संकलन तथा प्रशोधन भएको लोक्ता सम्बन्धित कम्पनीले जापान पठाउने गर्दछ ।
जापानको राष्ट्रिय छापा तथा मुद्रण विभागका अनुसार अघिल्लो वर्ष, ७२ टन लोक्ताको आयात भएकोमा, त्यि आयातित ७२ टन मध्ये नेपालबाट मात्र ६० टन आयात गरिएको थियो । यसरी हेर्दा जापानको नोट मुख्य गरी नेपालको लोक्तामा निर्भर छ । सोहि समयमा जापानको राष्ट्रिय उत्पादन भने केबल ६ टन मात्र रहेको थियो ।
नेपालमा कान्पो नामक जापानी कम्पनील् सन १९९० देखि, लोक्ताको खेति तथा उत्पादनबारे अनुसन्धान प्रारम्भ गरेको थियो । परिणाम स्वरुप पहिलो पटक सन २०१० मा ४८ टन आयात गर्न सफल भएको थियो ।

हाल नेपालमा लोक्ता उत्पादन तथा प्रवर्द्दनका लागि आवश्यक प्रविधि तथा बजारीकरणका लागि जाईका( JICA) ले सहयोग गर्दै आएको छ ।

जपानको एक वनस्पती उद्यानमा खिचिएको लोक्ता( ミツマタ) को तस्बिरहरु

( सन्दर्भ सामग्रीहरु : जापानी आर्थिक दैनिक निक्केईमा प्रकाशित समाचार तथा बन संचारमा प्रकाशित नेपाली हाते कागज व्यवसायी मोहन कृष्ण मानन्धरका लेखहरु)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार