टोकियो । गैरआवासीय नेपाली संघ जापानले यहि मे १ तारिखबाट खुल्ला गरेको सदस्यता आवेदन दिने म्याद जुन १६ तारिखसम्मलाई थप गरेको छ । पहिले जारी गरेको सुचना अनुसार आज ( जुन ४ तारिख) सम्म समय तोकिएको थियो ।
सरोकारवालाहरुद्वारा समय थप्नकालागि गरिएको अनुरोधलाई मध्यनजर गर्दै समय थप गरिएको हो । गत शनिवार जापानस्थित क्रियासिल विभिन्न संघसंस्थाको अध्यक्ष र महासचिवसहितको विशेष बैँठकबाट आएको सुझाव अनुसार समयसीमा थप गरिएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष टाशी वाङदी लामा र महासचिव बुद्दीराज घिमिरेले हस्ताक्षर गरेको सो विज्ञप्तिका अनुसार, हालको सदस्य आवेदन गर्ने ग्लोवल सिस्टम सहज गर्ने सुझाव दिदै सदस्यता सहजताको लागि घुम्ति टोलि परिचालन गरिने, जुन ४ तारिक सम्मको आवेदन गर्ने समय कम भएकोले समय थप गरी जून १६ तारीख़ आइतबारसम्म सदस्यबनाउन सकिने,रेसिडेन्स कार्डको बिकल्पमा जापानको ड्राईभिङ लाईसेन्सबाट पनि आवेदन गर्न सकिने छ । यसका लाथै प्रत्येक ब्यक्तिबाट आआफ्नो नाममा बैक रसिद राख्ने ब्यवस्थालाई सहज गर्दै ५ जनासम्मको एकमुष्ठ रकम दाखिला गरी रसिद राख्न सकिने व्यवस्था पनि थप गरिएको छ ।

पुराना पंजिकृत सदस्यहरुले पनि अनिवार्य सदस्यता लिनुपर्ने 

एनआरएनए जापानका महासचिब बुद्दी घिमिरेले भने – ‘साविकका पंजिकृत सदस्यहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्राप्ती छौँ, तर यस पटक फेरि सबले यो MIS अनुसारनै फारम भरिदिनहुन अनुरोध गर्दछौँ’ त्यस्तै,संघका अध्यक्ष टासि वांग्दी लामाका अनुसार -‘यसले, अघिल्लो पटक एप्सको प्रयोग गरी सदस्यता लिनुभएका पंजिकृत सदस्यहरुलाई झण्झटिलो त बनाएको छ, तर यस पटक भरेको फारमले अर्को पटकदेखि नविकरण गर्न मिल्नेछ र फेरि फेरि यस्तो झण्झट आईपर्ने छैन ।
सदस्यता आवेदन कसरी दिने त ? यो भिडियो हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार