टोकियो । जापानको राजधानी टोकियोमा पहिलो पटक हुने तीज विशेष साँस्कृतिक कार्यक्रम ‘तीज फेस्टिवल’को स्टल बुकिङ खुल्ला गरिएको छ ।
डेस्टिनी क्रियसनले टोकियोमा आइतवार पत्रकार भेटघाट गरी स्टल खुल्ला गरीएको जानकारी दिएको हो ।आगामी सेप्टेम्बर १ तारिख आईतबार – तीजको दरखाने दिन विहान १० वजेवाट साँझ ७ वजेसम्म टोकियो टावर नजिक रहेको सिवा पार्कमा हुने सो खुल्ला ‘तीज फेष्टिवल’ हुने एरियामा व्यवसायिका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको हो । आयोजकका अनुसार , नेपालका ख्यातिप्राप्त आधा दर्जन कलाकारहरुको साथमा नेपाली तीजको मौलिकता झल्काउने गरी जापान मा पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टीवल’हुनेछ ।
उक्त कार्यक्रमवाट संकलित भई बचेको रकम नेपालको ग्रामीण क्षेत्रका वालबालिकाको शैक्षिक सहयोग गर्ने आयोजकले जानकारी दिएको छ । ३ देखी ४ हजारसम्म दर्शक उतार्ने योजना बनाएको फेष्टिवलमा पार्कमा फ़ूड स्टल ३ ओटा र ५ व्यापारिक स्टल तोकिएको छ ।
स्टलको लागी ०८०-९५२६-६४०५,०९०-९८४३-७८९७ मा सिदा सम्पर्क गर्न अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




