काठमाडौं। सुमेघ टुर्स एण्ड ट्राभलले नेपाल वायुसेवा निगमको वाइडबडी ३३०-३०० जहाजमार्फत काठमाडौं-नारिता-काठमाडौंका लागि दुईवटा चार्टर उडान गर्ने भएको छ। नेपाल वायु सेवा निगमले जापान उडानका लागि टाेक्याेकाे नारिता विमानस्थल प्राथमिकतामा राखे पनि उडान स्लट नपाएका कारण नारिताकाे सट्टा ओसाकामा नियमित उडानकाे तयारी गरिरहेकाे छ।
तर सुमेघ टुर्स एण्ड ट्राभलकाे पहलपछि निगमको विमानबाट काठमाडौं-नारिता-काठमाडौंमा सेटेम्बर २६ तारिखमा पहिलो चार्टर उडान र अक्टोबर दुई तारिखमा दोस्रो चार्टर उडान हुन लागेको हाे। दुवै चार्टर उडानमा दुई दिनको समयावधि रहेको निगमले जानकारी दिएकाे छ।
चार्टर उडानका लागि निगमले सुमेघ टुर्स एण्ड ट्राभलसँग सम्झौता समेत गरेको विहिवार जानकारी दिएकाे छ। निगमले जापानमा बस्दै आएका गैरआवसिय नेपाली र जापानी नागरिकको मागलाई मध्यनजर गर्दै चार्टर उडान गर्न लागेकाे निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।
‘व्यवसायीहरुको माग अनुसार चार्टर उडान गर्न लागिएको हो। यो चार्टर उडानले निगमको सेवामा थप विस्तार हुने अपेक्षा लिएका छौँ’ प्रवक्ता चन्दले बिजमाण्डूसँग भने। निगमका अनुसार वाइडबडी ३३०-३०० जहाजमार्फत काठमाडौं-नारिता-काठमाडौं चार्टर उडान समय १४ घण्टा ३० मिनेटको रहेको छ।
यसैगरी निगमले अगस्ट २९ तारिखदेखि काठमाडौं-ओसाकामा रुटमा पनि नियमित उडान गर्न लागेको छ।
Bizmandu.com बाट लिईएको
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




