टोकियो । धादिङ् समाज जापानले आयोजना गरेको ‘तीज धमाका तथा दरखाने कार्यक्रम २०१९’ भव्यरुपमा सम्पन्न भएको छ ।
शनिबार टोकियोको सिनओकुबोस्थित रोधी घरमा आयोजित कार्यक्रमलाई २ खण्डमा प्रस्तुत गरिएको थियो, पहिलो खण्डमा गरिएको औपचारिक कार्यक्रममा,संस्थाको अध्यक्ष कृष्ण खनालको सभापतित्वमा तमु धीँ जापानकी अध्यक्ष तथा अनआरएनए जापानकी उपाध्यक्ष अनिता गरुङ्को प्रमुख अातिथ्यता रहेको थियो भने, संस्थाका संरक्षक
केशब अधिकारी तथा नेपाल पत्रकारमहासंघ जापान शाखाका अध्यक्ष मोहन घलेसंगै, एनआरएनए जापानका उपाध्यक्ष शिव प्रशाद पौडेलको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, संस्थाका सल्लाहकारहरु राजेन्द्र श्रेष्ठ,राजकुमार अधिकारी,होम बहादुर रिजाल, टिकाराम रिजाल,पदम गुरुङ लगायतका व्यक्तित्वहरुको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको दोश्रो खण्ड,यानेकी सांगीतिक कार्यक्रममा भने नेपालबाट आउनुभएका लोकप्रिय गायक / गायिका द्वय,रबिन लामिछाने तथा टिका सानुका साथ,चेतन घर्ती मगर, सोना केसी, अमित सापकोटा, सुमुन्द्रराज पौडेल तथा धादिङ्कै उदाउँदो प्रतिभा सुनिल पाठकका सांगितिक प्रस्तुतीमा दर्शकहरु नाँचेका थिए ।
तीजको को बेलामा प्रदेशमा पनि खल्लोपना नहोस् तथा प्रवासमा पनि माईती तथा आफन्त छन् भन्ने आभास दिलाउँदै, , नेपाली चाडबाड एवं परम्पराको जगेर्नाका लागि आयोजित कार्यक्रममा धादिङेली मात्र नभई जापानबासी दिदीबहनीहरुको भव्य उपस्थिती रहेको थियो । कार्यक्रम, संस्थाको महासचिब बिमल श्रेष्ठ तथा संचारकर्मी राजन गौतमले संचालन गर्नुभएको थियो ।
फोटोहरु :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




