{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":["add_sticker","create_flow_fte"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":2,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1569548295691","total_editor_time":218,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1569548295521","total_effects_time":0,"brushes_used":0,"height":1918,"layers_used":0,"width":3652,"subsource":"done_button"}

टोकियो/ राजन गौतम् । गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको नयाँ कार्यसमिति र नेपाली राजदुतावास टोकियो बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
एनआरएनए जापान(२०१९-२०२१) कार्यसमितिले, मंगलबार, राजदूत महामहिम प्रतिभा राणा,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल लगायत नेपाली राजदुतावास टोकियोका कर्मचारीहरुसंग भेट गरेका हुन् । सो,भेटमा एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष देबीलाल भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्ग लगायत कार्यसमितीका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिती रहेको थियो।
सो अवसरमा, नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले, राजदूत तथा दुतावासका पदाधिकारीहरुसंग आ-आफ्नो परिचय गराए भने, राजदुतावासका तर्फबाट महामहिम राजदुत प्रतिभा राणाले , सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाएर बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भयो ।
भेटमा, अध्यक्ष देबीलाल भण्डारीले सदा झैँ नेपाली राजदुतावासको साथ र सहयोग रहनेमा आफु विश्वस्थ रहेको बताउनुहुँदै, आफुले सधैँ राजदुतावासको सहकार्यमा जापान स्थित नेपालीका हक़हितमा काम गर्ने पर्तिबद्दता पनि व्यक्त गर्नुभयो ।

आफ्ना भनाईहरु राख्ने क्रममा महामहिम राजदूत प्रतिभा राणाले NRNA जापान (२०१९-२०२१ )र्कायकालको टिमले सम्पुर्ण क्षेत्रलाइ समेटेको आफुलाई महसूस भएको कारण काम गर्न धेरै सजिलो हुने भएकोले जापान बासि नेपालीहरुको हितमा काम गर्न अनुरोध गर्नुभयो । त्यसस्तै नेपाल भ्रमण वर्ष सन २०२० लाइ सफल पार्न हामी सम्पुर्ण जापानबासि नेपालीहरुको ज़िम्मेवारी भएकोले जापानबासी नेपालीहरुले आफु पनि राजदूतको भुमिकामा रहेर काम गर्नुहुन अनुरोध गर्नुभयो ।
राजदूत राणाले , आफुले पाएको ज़िम्मेवारीहरु( जापान नेपाल सिधा हबाई सेबा, उच्च स्तरीय भेंटवार्ता ,नेपालीहरुलाइ रोज़गारी लगायत) धेरै हद पुरा गर्न सकेकोमा खुसि व्यक्त गर्नुभयो ।

यसै क्रममा नेपाली दुतावासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले दुतावासबाट प्रकाशित हुने महत्वपुर्ण सुचनाहरु सम्पुर्ण जापानबासि नेपालीहरुमा पुर्याउन सबैले विशेष पहल गर्नुपर्नेमा जोड़ दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार