
टोकियो ।विध्वंसक आँधी हगिविसले तोकाई तथा कान्तो क्षेत्रमा हिंसात्मक असर देखाईसकेको छ ।
शनिबार विहानैबाट सिजुवका तथा चिबा केनमा भौतिक तथा मानविय क्षतिका घटनाहरु घटेका छन् । १२ हजार घरहरुमा विद्युत आपूर्ति बन्द भईसकेको छ । सिजुवका हुँदै ग्रेट टोकियो तर्फ अघि बढिरहेको ताईफु ( हगिविस) साँझ अझ खतरनाक रुपलिने विज्ञहरुको अनुमान छ । सिजुवका, चिवा,कानागावा , गुन्मा तथा टोकियोका केहि स्थानहरुमा खतराको लेभल बढि. उच्च सतर्कता अप्नाउन तथा सुरक्षा शिबिर तर्फ लाग्न सुचना जारी भई सकेको छ । विभिन्न स्थानिय संचार माध्यमहरुले जनाए अनुसार यो सामग्री तयार पार्दासम्म केहि व्यक्तिहरु ज्यानै गएको तथा १ सयजना भन्दा बढि घाईते भईसकेका छन् ।
ताईफुको असर, बढ्दै, जाँदा सबैभन्दा धेरै नेपालीहरुको वसोबास भएको क्षेत्र कान्तोमा नेपाली समुदायमाथि हालसम्म त्यस्ता कुनै अप्रिय घटना भएको जानकारीहरु भने आएका छैनन् । जापानमा रहेका नेपाली भाषाका संचार माध्यमहरुले ताईफु सम्बन्धि सुचना/ समाचार तथा जानकारीहरु निरन्तर प्रवाह गरिरहेका छन् ।
जापानमा यत्ति ठूलो विपत्ती आईपर्दा पनि, जापानमा रहेको नेपाली दुतावासले ९० हजार नेपाली नागरिकहरुको सुरक्षमा एउटा विज्ञप्तीसम्म पनि जारि गर्न आवश्यक ठानेको छैन । जसको जापानको विपत्ति डटेर सामना गरिरहेका नेपाली नागरिकहरुले विरोध गरिरहेका छन् ।
तपाई, हाम्रो यो समाचार हेर्दै हुनुहुन्छ र कतै तपाईँ स्वयम या अरु कोहि नेपाली नागरिक कुनैपनि प्रकारको समस्यामा पर्नुभएको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ । हामी सम्बन्धित व्यक्तिलाई संचारको माध्यमबाट सम्बन्धित सुरक्षा निकायसम्म पुर्याउन समन्वय गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




