
टोकियो । गैरआवासीय नेपाली संघ जापान तथा नेपाल पत्रकार महासंघ जापान शाखा बिच,प्रवासमा रहेका नेपालीहरुको हक -हितकालागि एक अर्कामा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ ।
आईतबार टोकियोको सिनओकुबो स्थित सोलमारी रेस्टुरेन्टको सभाहलमा भएको दुईपक्षिय छलफल बाट दुवैपक्षका उपस्थित पदाधिकारीहरुको राय अनुसार सो सहमति भएको हो । एनआरएनएले, प्रवासमा रहेका नेपालीहरुका भैपरि आउने विविध समस्याहरुको न्युनिकरणमा सहजिकरण तथा चेतना अभिवृद्धि गर्दै, स्वदेशमा लगानि प्रवर्द्धन गर्ने कार्यलाई नेतृत्व गर्ने गरेको र त्यि तमाम कार्यकालागि संचारको भूमिका अपरिहार्य रहने भन्दै, यो सहकार्यलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउने सहमति भएको हो ।
सहमतिमा, जापानमा रहेका संघसस्थाहरुसंगको समन्वय,विभिन्न भिसामा रहेका नेपालीहरुको व्यक्तिगत, पेशागत तथा क़ानूनी समस्याहरु र तिनका समाधान तथा न्यूनीकरणका विकल्पहरु, जापानमा नेपालको पर्यटन प्रवद्धन तथा समग्र नेपाल चिनाउने अभियान नेपाल फ़ेस्टिवलको निरन्तरता तथा सुदृढ़ीकरण, प्रवासमा महिलाहरुको स्वास्थ्य समस्या तथा निराकरणका विकल्पहरु लगायतका विषयहरुमा परस्पर सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।
पहिले भन्दा, सकारात्मक काम गर्ने लक्ष सहित एनआरएनए जापानले, कुरा भन्दा काम गरेर देखाउने बेला आएको भन्दै कार्ययोजना बनाएरै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे को छ । संचारकर्मिहरुका सुझाबलाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रमण बर्ष २०२० सफल पार्न, नेपालीका समस्या समाधान गर्न र नेपाल फेस्टिवल लगायतका महत्वपुर्ण बिषयमा कार्यसमिती शसक्तरुपमा लाग्ने बताउनुभयो ।
कार्यक्रमलाई, एनआरएनए जापानका महासचिब जनक विक्रम शाहीले सहजिकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




