आषाढ १२
नयॉं शक्ति जापान भातूसगठन अन्तराष्ट्रीय नेपालि समाज जापानको प्रथम अधिवेशनले पदम ठगुन्नको अध्यक्षतामा नयॉ कार्यसमिति निर्वाचित गरेको छ ।
नयॉ शक्ति नेपालका संगठन विभाग प्रमुख देबेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अघिवेशनलाई सम्बोधन गर्दै पौडेलले अबको २५ वर्षा नेपाललाई मध्यम राष्ट्रका रुपमा विकास गरिने लक्ष्य रहेको बताउनु भयो ।
उहॉले नयॉं शक्ति पार्टी नेपालको जन्म भएको छोटो अबधिमै विश्वका ३० भन्दा बढी मुलुकमा अन्तराष्ट्रीय नेपाली समाज गठन गर्न सफल भएको जानकारी दिदै जापानमा रहेका नेपालिहरुसग आपनो पार्टि हातेमालो गरेर अगाडि बढ़न चाहेको बताउनु भयो ।

जापानमा ३५ जानबाट सुरु गरेको संगठन झन्डै ५०० सदस्यहरु रहेको नवनवनिर्वाचित अध्यक्ष ठगुन्नले जानकारी दिनु भयो अधिवेशनल वरिष्ठ उपाध्यक्षय – सरिता ढकाल र राजु केसी महासचिव – चन्डिका अमगाई सचिव – मेघनाथ खराल,अमित रायमाझी, मोति गुरुङ र प्रकास सापकोटा, कोसाअध्यक्ष – विनोद विक्रम शाहि सह कोसध्यक्ष – लक्ष्मी दुलाल सहित तत्काल ७५ जना केंद्रीय सदस्य राख्ने निर्णय गरेको छ ।
अन्तराष्ट्रीय नेपाली समाज जापानको सम्पन्न प्रथम अधिवेशनले सबै पदहरु सर्वसम्तिले चयन गरिएको हो ।
यसैविच कार्यक्रममा सहभागिहुन नेपालबाट आएका नयॉ शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले एयरपोर्टबाट नै फिर्ता पठाइदिएको छ ।
पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशिक समितिका उपसंयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई टोकियोस्थित हानेदा एयरपोर्ट अध्यागमन बिभागले फिर्ता पठाएको हो ।
उनीहरूलाई हानेदा एयरपोर्ट अध्यागमनले करिव ३ घण्टा नियन्त्रणमा लिएर फिर्ता पठाएको अन्तर्राष्ट्रिय नेपाली समाज जापानले जानकारी दिए ।
यसअघि २००८ सालमा विध्यार्थी भिषामा जापानी भाषा अध्यनकालागि जापान आएका भण्डारीलाई जापानी महिला माथी हातपात तथा दुर्य्गवहार गरेको कारण जापान प्रहरीले केही समय हिरासतमा राखेर नेपाल फर्काएको थियो ।
भण्डारीको साथमा आएका नेता पौडेललाई भने लगेजमा पार्टीको ब्यानर र झण्डा भेटेपछि फिर्ता पठाएको बताइएको छ । आइतबार टोकियोमा नयॉं शक्ति नेपालका नेता देबेन्द्र पौडेलको प्रमुख आतित्यमा सम्पन्न अन्तराष्ट्रिय नेपाली समाजको प्रथम महाधिवेशनमा पौडेल बिशेष अतिथि र भण्डारी बिशिष्ठ अतिथीको रूपमा सहभागी हुन जापान आएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




