टोकियो । जापानको खानागावा प्रिफेक्चरको नाकाई भन्ने स्थानमा, प्याजको ३ हजार बिरुवा सहित एक ६७ वर्षिय मानिसलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार त्यि, ६७ वर्षिय, योसिनोवु कोजिमा नाम गरेका व्यक्तिलाई अर्काले रोपेको बिरुवा चोरेको आरोप लागेको छ । प्राप्त जानकारीका अनुसार, उनले ओदावारा भन्ने स्थानको अक फार्ममा रोपिएका करिब १५ हजार येन मूल्यबराबरको प्याजको बिरुवा चोरेका हुन् । सान्केई सिनबुन (जापानी आर्थिक दैनिक)ले जनाए अनुसार सिसि क्यामेरा फुटेज तथा प्रत्यक्षदर्शीहरुको बयानमा कोजिमा चोरिमा संलग्न भएको खुल्न आएको हो । तर उनले कुन प्रयोजनले चोरेका हुन् भन्नेबारे केहि बताईएको छैन । यस घटनाबारे थप अनुसन्धान जारी छ ।

फार्म संचालकका अनुसार डिसेम्बरको सुरुवातदेखि हालसम्म करिब १० हजार प्याजका बिरुवा चोरि भएका छन्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार